काठमाडौं, १९ जेठ २०८२
नेपालमा पहिलोपटक फिल्ड इपिडिमियोलोजी नेशनल कन्फ्रेन्स असार १२ र १३ गते हुने भएको छ ।
फिल्ड इपिडिमियोलोजी र प्रकोप प्रतिक्रियासम्बन्धी अनुभवहरू र अध्ययनहरू साझा गर्दै रोग निगरानी, पहिचान, प्रतिकार्यसम्बन्धी अनुसन्धान तथा नविनतम अभ्यास र सिकाई आदान प्रदान गरेर उत्कृष्ट अभ्यासहरू पहिचान गर्ने र सहकार्य सुदृढ गर्ने उदेश्यका साथ विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा हुन लागेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले बताएका छन् ।
त्यस्तै सम्मेलनमार्फत रोग अनुसन्धान तथा नियन्त्रणमा संलग्न सरोकारवालाहरूलाई एकै स्थानमा ल्याउने र साझा ज्ञान तथा सहकार्यको माध्यमबाट स्वास्थ्य सुरक्षालाई सुदृढ बनाउने, महामारी तयारीलाई बढावा दिने र दिगो रोग नियन्त्रणमा योगदान पुर्याउने आशा गरिएको छ । विशेष गरी संक्रामक रोगहरुको नियन्त्रणका विषयमा छलफल गरेर सम्मेलनबाट आएका विषयहरुले महामारी नियन्त्रणमा भोलिका दिनमा नीति नियम र रणनीति बनाउन उपयोगी हुने डा. झाको भनाइ छ।
एन्टिमाइक्रोबियल प्रतिरोध, किट–जन्य रोगहरू, संक्रमण रोकथाम र नियन्त्रण, खोपबाट रोक्न सकिने रोगहरू, निगरानी प्रणाली, कीटजन्य र उपेक्षित उष्णदेशीय रोगहरू, जोखिम सञ्चार र समुदाय सहभागिता र विपद् अनुसन्धान र प्रतिकार्य जस्ता विषयवस्तु सम्मेलनमा रहनेछन् ।