कैलाली, १६ पुस २०८२
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रकाश राना बीच लागू औषध नियन्त्रणमा आज भेटवार्ता भएको छ।
मुख्यमन्त्री निवासमा सम्पन्न भेटमा मुख्यमन्त्री शाहले प्रदेशमा बढ्दो लागुऔषध दुर्व्यसनलाई नियन्त्रण र निरुत्साहित गर्न प्रभावकारी कदम चाल्न निर्देशन दिनुभयो। शाहले लागुऔषधले युवा पुस्तामा नकारात्मक असर पारिरहेको उल्लेख गर्दै यसको नियन्त्रणमा प्रहरीको भूमिकालाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए।
जवाफमा प्रहरी प्रमुख रानाले लागुऔषध नियन्त्रण तथा शान्तिसुरक्षाका क्षेत्रमा प्रदेश प्रहरी सक्रिय रूपमा काम गरिरहेको बताउँदै मुख्यमन्त्रीका निर्देशनहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।












