कैलाली, २० चैत्र २०८०
धनगढीको राजपुर स्थित रहेको सुदूरपश्चिम प्रदेशको प्रादेशिक आयुर्वेद चिकित्सालय द्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शनिबार धनगढीमा जेष्ठ नागरिक जिल्ला संघको १० औँ साधारणसभाको अवसरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
स्वास्थ्य शिविरमा पुरुष २५ र महिला ६५ गरी ९० जनाको स्वास्थ्य परीक्षण गरेको जनाएको छ । स्वास्थ्य परीक्षण कार्यक्रममा जेष्ठ नागरिकका लागि रसायन (भिटामिन), अमृत चिया, शिलाजीत, अशोगन्धा लगायत अन्य रोग अनुसारका औषधि निःशुल्क वितरण गरीएको थियो भने सुगर र प्रेसर पनि चेक गरिएको प्रादेशिक आयुर्वेद चिकित्सालयका सूचना अधिकारी सुरेन्द्रबहादुर शाहीले वताए ।
डा. विजय पूरी लगायत ५ जना स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेका हुन। धनगढी उपमहानगरपालिका वडा. २ को रामजानकी मन्दीरमा शिविर भएको हो । साधारण सभाले जेष्ठ नागरिक कुलबहादुर हमालको नेतृत्वमा ११ सदस्यीय जेष्ठ नागरिक जिल्ला संघ पनि चयन गरेको थियो।
Comments 2