कैलाली, १२ बैशाख २०८१
सुदुरपश्चिम प्रदेशमा एउटा मात्र अत्याधुनिक सुबिधा सम्पन्न उपकरण सहितको सुदुरपश्चिम डेन्टल हस्पिटल संचालनमा आएको छ।
कैलालीको अत्तरीया स्थित रहेको डेन्टल अस्पतालमा अत्याधुनिक डेन्टल चियर, स्टेरिलिसेसन मेसिन, एक्सरे मेसिन लागायतका उपकरणबाट दन्त चिकित्सक र दन्त विशेषज्ञहरु द्वारा चौबीसै घण्टा सेवा दिन शुरु गरेको छ।
अस्पतालले दाँत सफा गर्ने, नयाँ दाँत राख्ने, बाङोटिङ्गो दाँत मिलाउने, दात जरै देखि भर्ने, दुर्घटनामा परेका बिरामीको मुख सम्बन्धि जटिल शल्यक्रिया लगायत दाँत
र मुख सम्बन्धि सम्पुर्ण उपचार दिइने हस्पिटलका अध्यक्ष डा. अच्युत भट्टले बताउनु भयो।
डा. भट्टका अनुसार हाल १५ शैया संचालनमा आएको हस्पिटलले निकट भविष्यमा प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद बाट सम्बन्धन प्राप्त गरि अन्य कार्यक्रम गर्ने योजना गरेको छ।
लामो समयदेखी दन्त चिकित्सा क्षेत्रमा कार्यरत डा. अच्युत भट्ट र डा. रोशन भट्टको समूह द्वारा उक्त हस्पिटल संचालनमा आएको हो।