पर्वत, २५ पुस २०८२
नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पतालको प्राबिधिक सहयोग, आई केयर फाउण्डेशनको आर्थिक सहयोगमा भएको ३ दिने निशुल्क आँखा शिविरमा ५७४ जना लाभान्वित भएका छ्न।
हिमालय आई ईन्स्टीच्युटका एकाडेमिक डाइरेक्टर एबं नेपाल नेत्र ज्योति संघ हिमालय आँखा अस्पतालका नेत्ररोग बिशेषज्ञ डा. हरी बिक्रम अधिकारी, नेत्र अधिकृत गोविन्द नाथ योगी लगायतको प्राबिधिक टिम सहित आँखा उपचार केन्द्र कुश्मा पर्वत लायन्स क्लब अफ शिबालय कुश्मा पर्वत,लायन्स क्लब अफ पर्वत अलपेश्वरको स्थानीय आयोजना एबं प्रदेश अस्पताल कुश्मा पर्वतको सहयोगमा पौष २३,२४ र २५ गते संचालित निःशुल्क शिविरमा महिला ३४१ र पुरुष २३३ गरी ५७४ जनाको निःशुल्क आँखा जाँच भएको थियो।
आँखा जाँच गरेकालाई आवश्यक पर्ने औषधि वितरण गरेको थियो।
निशुल्क मोतिबिन्दु शल्यक्रियामा ४३ महिला र ३० पुरुष गरि ७३ जना रहेका छ्न।















