काठमाडौं, ११ पुष २०७८
काठमाडौं महानगरपालिका १५ छाउनी डल्लु आवास गिता माता माध्यमिक विद्यालयमा एक दिने निःशुल्क आँखा शिविर तथा मोतिबिन्दुको शल्यक्रिया सम्पन्न भएको छ।
शनिबार शान्ति फाउन्डेसन नेपालको पहलमा र माट्रिका आई केयर सेन्टरको सहयोगमा सञ्चालित सो शिविरमा ३२६ जनाको आँखा परीक्षण गराउँदा २४ जनामा मोतियाबिन्दु फेला परेको मात्रिका आई सेन्टरका दृष्टि विशेषज्ञ (अप्टोमेट्रिस) कृष्ण कुमार धनखोटीले बताउनुभयो।

मोतिबिन्दुको समस्या देखिएका बिरामीको माट्रिका आइ आई सेन्टर ढुंङ्गेधारा मार्ग वार्ड न. पुरानो बानेश्वर ओरालोमा निःशुल्क रुपमा शल्यक्रिया हुने भएको छ।
शिविरमा निःशुल्क आँखा परीक्षण तथा निःशुल्क औषधि वितरणको व्यवस्था गरिएको माट्रिका आइ केयर सेन्टरका अध्यक्ष सुरज श्रेष्ठले बताए। शिविरबाट काठमाडौं उपत्यकाका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उनको भनाइ छ ।
उक्त शिविरमा १७४ जनालाई चस्मा जाँचको लागि आइ सेन्टरमा बोलाएको र आँखा जाँच तथा चस्माको फ्रेम पनि निशुल्क दिइने व्यवस्था मिलाएको सेन्टरका दृष्टि विशेषज्ञ (अप्टोमेट्रिस) धनखोटीले बताउनुभयो।
शिविरमा २ वर्षका बच्चाहरू देखि ९० वर्षका वृद्धहरुले पनि निशुल्क उपचार गरेका छन्।














