काठमाडौं, २१ असोज २०८२
बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३६ वर्षीय पुरुषमा मस्तिष्कमा भएको स्ट्रोकको जटिल शल्यक्रिया सम्पन्न भएको छ।
न्युरोसर्जन डा. शुशील मोहन भट्टराईको नेतृत्वमा ४ जनाको टिमले ३ घन्टाको समयमा उक्त शल्यक्रिया गरेको हो।
न्यूरोसर्जन डा. भट्टराईले युवा अवस्थामा नै स्ट्रोक भएर टाउकोमा ठूलै रगत जमेको अवस्थामा बिरामीलाई अस्पताल ल्याइएको बताउनुभयो। डा. भट्टराईले अस्पताल ल्याउँदा नै भेन्टिलेटरमा ट्युब लगाइएको तथा टाउकोमा डेढ सय एमएल जति रगत जमेकोबताए। यस्तो अवस्थामा बिरामी बाँच्न सक्ने सम्भावना एकदमै न्यून रहने गर्छ।
डा. भट्टराईका अनुसार बिरामीका आफन्त शल्यक्रिया लागि तयार हुँदा बाँच्ने न्यून सम्भावना हुँदा हुँदै पनि शल्यक्रिया गरिएको हो। युवा बिरामी भएकोले पनि शल्यक्रिया जोखिम लिएर नै गरियो।
डा भट्टराईले भने, प्राय जस्तो केशमा बिरामी बाँच्ने आश नै मारिन्छ। शल्यक्रिया पश्चात् बिरामीलाई ४८ घन्टापछि मात्रै भेन्टिलेटरबाट निकालिएको छ। बिरामीलाई पूर्णरुपमा होस आउनका लागि १५ देखि २० दिन लाग्ने उनले बताए।
डा. भट्टराईका अनुसार यस्तो समस्या दुर्लभ भने होइन जोसुकै मानिसलाई पनि जीवनमा स्ट्रोक हुने सम्भावना ५–७ प्रतिशत रहन्छ। यद्यपि ४० वर्षभन्दा कम उमेरमा स्ट्रोक हुनु भने एकदमै दुर्लभ मानिन्छ ।
ती युवामा भएको मस्तिष्कको देब्रे भागमा रगत जम्नुलाई अझै खतरापूर्ण मानिन्छ। मस्तिष्कको देब्रेतर्फको भागमा स्ट्रोक हुँदा बिरामी बाँच्ने सम्भावना एकदमै कम हुने तथा बाँचे पनि प्यारालाइसिस् हुने सम्भावना रहन्छ।