काठमाडौं, ०३ असोज २०८२
नेपाल एन्डोस्कोपिक स्पाइन सोसाइटी (एनईएसएस) र नेपाल सोसाइटी अफ न्युरोसर्जन्स (नेसोन) को स्पाइन च्याप्टरको संयुक्त आयोजनामा ‘इन्टरनेशनल कन्फरेन्स अफ एन्डोस्कोपिक स्पाइन सर्जरी’ आज देखि सुरु भएको छ।
काठमाडौंको होटेल पार्क भिलेजमा दुई दिने यो कार्यक्रम ‘फन्डामेन्टल अफ फर्नटाइज’ थिममा हुन गइरहेको अर्गनाइजर सेक्रेटरी डा. निकुञ्ज योगीले बताउनु भयो।
कार्यक्रमको पहिलो दिन (१९ सेप्टेम्बर अर्थात असोज ३ गते) उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेस, बाँसबारीमा नेपाली स्पाइन सर्जनहरूका लागि विशेष प्रशिक्षण सत्र हुनेछ।
दोस्रो दिन (२० सेप्टेम्बर अर्थात असोज ४ गते) भने अन्तर्राष्ट्रिय सम्मेलन सञ्चालन हुनेछ।
सम्मेलनमा युनिल्याटरल बाइपोर्टल एन्डोस्कोपी (युबीई) प्रविधिबारे विस्तृत छलफल हुने डा. योगीले जानकारी दिनुभयो। डा. योगीले भने, ‘यो प्रविधि पछिल्ला वर्षहरूमा मेरुदण्डको नसासम्बन्धी शल्यक्रियामा विश्वभर प्रयोग भइरहेको अत्याधुनिक विधि मानिन्छ।’
सम्मेलनमा सहभागी अन्तर्राष्ट्रिय फ्याकल्टीमा यङ हेजुन (चीन), नानतावत उत्तमो (थाइल्याण्ड), कियात्तिसक वङभोराचार्ट (थाइल्याण्ड) रहेका छन्। यसैगरी भारतबाट अजय कोठारी (पुणे), अमोल रेगे (पुणे), अनिन्द्य बसु (कोलकाता), आत्मरञ्जन दास (भुवनेश्वर), शैशव शाह (भडोदरा), गौरव बन्सल (दिल्ली), बालराजा शेखर, वि. वंसी कृष्ण, सुरेश चीकाटला, रमेश शिघाकोल्ली, साई कल्याण सावरापु र गोका वेणुगोपाल (हैदराबाद) रहेका छ्न। त्यस्तै अभिजित वर्मा (जयपुर), अहमद अन्सारी (अलीगढ) रहेका छन्।
आयोजकमा डा. बलगोपाल कर्माचार्य (अर्गनाइजिङ चेयरपर्सन), डा.निकुञ्ज योगी (अर्गनाइजिङ सेक्रेटरी), डा. समिर आचार्य (चेयरमेन, स्पाइन च्याप्टर नेसोन), डा. सुरेश सापकोटा (साइन्टिफिक चेयर), डा. यम रोका (प्रेसिडेन्ट, नेसोन), डा. गोपाल सेडाई (जेनेरल सेक्रेटरी, नेसोन) रहेका छन्।
नेपाली फ्याकल्टीमा डा. बलगोपाल कर्माचार्य, डा. अमित थापा, डा. निकुञ्ज योगी, डा. समिर आचार्य, डा. सुरेश सापकोटा, डा. प्रकाश काफ्ले, डा. सुरेश विश्वकर्मा, डा. सुरज थुलुङ, डा. दिपक श्रेष्ठ, डा. बिकाश पराजुली, डा. व्यापक पौडेल, डा. तेजप्रकाश दवाडी र डा. विष्णु बी थापा रहेका छन्।
सम्मेलनले नेपालमा स्पाइन सर्जरीको क्षेत्रमा नवीनतम प्रविधि र अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण मञ्च उपलब्ध गराउने नेसोनका जेनेरल सेक्रेटरी डा. गोपाल सेढाईले बताउनु भयो।