काठमाडौं १७ जेठ
कोरोना भाइरस प्रकोप बढेको बेला नेपाल मेडिकल कलेज जोरपाटीमा चिकित्सक माथी हातपात भएको प्रती नेपाल सोसाइटी अफ इमर्जेन्सी फिजिसियनको गम्भीर ध्यान आकर्षण भएको छ।
कोरोना भाइरसको महामारीमा आफ्नो ज्यानको बाजि लगाउदै इमर्जेन्सीमा अहोरात्र खटिने चिकित्सक माथि भएको निन्दनीय कार्यप्रती सोसाइटीले भत्सर्ना गरेको संस्थाका उपाध्यक्ष डा.अजय सिंह थापाले जानकारी दिनुभयो।
डा.थापाका अनुसार अस्पतालमा भएको यस घटनामा सङ्गलग्न टोली उपर कानुन बमोजिम हदैसम्मको कार्बाही गर्न सम्बन्धित निकाय मार्फत जोरदार माग गरेको बताए। स्वास्थ्य संस्थामा नियन्त्रण तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीमाथि आक्रमण, धम्कीका कारण बढ्दै गएकोले सचेत हुन पनि अनुरोध गरेका छ्न।
संघले घटनाले अहोरात्र सेवामा तल्लिन समग्र स्वास्थ्यकर्मीको मनोवल गिराएको भन्दै यसले सेवा प्रवाहमा असर पर्ने र रोग नियन्त्रणबाहिर गई झन् गम्भीर अवस्था आउँनसक्ने तर्फ सचेत गराएको छ ।
Comments 1