काठमाडौं, २३ जेठ २०८१
इन्डोनेशिया सरकारले सूर्तिजन्य पदार्थ नियन्त्रणमा उत्कृष्ट योगदान गरेको भन्दैं डा. तारा सिंह बमलाई एवार्ड प्रदान गरेको छ ।
इन्डोनेशियाका स्वास्थ्यमन्त्री बुडी गुनाडी सादिकिनले एक समारोहकाबीच डा. बमलाई एवार्ड प्रदान गरेका हुन् । १७ वर्षदेखि लगातार इन्डोनेशिया तथा विश्वमै सूर्तिजन्य पदार्थ नियन्त्रणमा निरन्तर काम गरेको भन्दै डा. बमलाई उक्त एवार्ड प्रदान गरिएको हो ।
डा. बमले सूर्तिजन्य पदार्थ नियन्त्रण गरी नसर्ने रोगको जोखिम कम गराउन राष्ट्रिय र स्थानीय नेतृत्वको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुकै सहभागितामा विभिन्न अभियान तथा कार्यक्रम गर्दै आइरहेका छन् । उनी यसअघि लामो समय इन्टरनेशनल युनियन एगेन्स्ट ट्युबरक्लोसिस एण्ड लंग डिजिज (द यूनियन) मा एसिया प्यासिफिक डाइरेक्टरको रुपमा कार्यरत थिए ।
डा. बम अहिले भाइटल स्टार्टेजी नामक संस्थामा टोबाको कन्ट्रोल कार्यक्रमका एशिया प्यासिफिक प्रमुख हुनुहुन्छ ।