काठमाडौं, २५ कात्तिक २०८२
सरकारले स्वास्थ्य सेवा विभागमा महानिर्देशक अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीको राजीनामा स्वीकृत गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. बाराकोटीले दिएको राजीनामा स्वीकृत गरेको हो।
अधिकृत बाह्रौं तहका डा. बाराकोटीले आइतबारबाट लागू हुने गरी राजीनामापत्र स्वास्थ्यमन्त्री डा. सुधा शर्मालाई बुझाएका थिए। डा. बाराकोटीले राजीनामा पत्रमा आफ्नो स्वास्थ्य र पारिवारिक कारणले राजीनामा दिएको उल्लेख गरेका थिए।
डा. बाराकोटीको नियमित पदावधि अझै दुई वर्षभन्दा बढी बाँकी थियो। केही महिना अघि अस्वस्थ भएपछि एक महिना त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।
बालरोग विशेषज्ञ समेत रहेका डा. बाराकोटीले सरकारी सेवामा रहँदा सबैभन्दा धेरै समय उपत्यका बाहिर दुर्गम ठाँउमा रहेर सेवा दिने विशेषज्ञ चिकित्सक हुन्।











