काठमाडौं, २८ फागुन २०८१
टेकुस्थित स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त भएका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै डा. बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।
स्वास्थ्य विभागमा महानिर्देशक रहेका डा. विकास देवकोटा सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो। मन्त्री पौडेलले रिक्त पदमा डा. बाराकोटीलाई पठाउने निर्णय गरेको सचिवालयले जनाएको छ।
डा. बाराकोटीले लामो समय काठमाडौं बाहिर बसेर सेवा दिएका छन्। मन्त्रालयमा उनी १२औं तहका अतिरिक्त सचिब हुन।