काठमाडौं, १६ असार २०८२
चिकित्सा शिक्षा आयोगको रिक्त निर्देशक पदमा प्राडा. स्वयंप्रकाश पण्डित नियुक्त भएका छन् । डा. पण्डित आयोगको नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज (एनबीएमएस) को निर्देशक बनेका हुन् ।
यसअघि एनबीएमएसमा निर्देशक प्राडा. गुरु खनालले २० माघ २०८१ देखि लागू हुने गरी १८ माघ २०८१ मा राजिनामा दिएका थिए । त्यसपछि एनबीएमएस रिक्त रहेको थियो । सो पदमा अघिल्लो महिना देखि नियुक्ती प्रक्रिया सुरु गरिएको थियो ।
रेडियोलोजिका प्राध्यापक प्राडा. पण्डित सरकारी सेवाबाट छ वर्ष अघि नै अनिवार्य अवकाश पाएका थिए । डा. पण्डित अवकाश हुनु अघि वीर अस्पतालमा निर्देशक थिए ।