चितवन, ११ भाद्र २०८०
नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. शिवजी पौडल वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कार्यकारी निर्देशकमा नियुक्त भएका छन्।
सोमबार नै डा. पौडेलले नियुक्ति पत्र पाइसकेको छ।
अस्पताल सञ्चालक समितिले कार्यकारी निर्देशक नियुक्तिका लागि गठन गरेको तीन सदस्यीय सिफारिस समितिको सिफारिस अनुसार आफू कार्यकारी निर्देशक नियुक्ति भएको डा. पौडेलले जानकारी दिनुभयो ।
डा. पौडेल नेपाल मेडिकल काउन्सिलमा २०७८ पुस दुई गते निर्वाचित भएका निर्वाचित उपाध्यक्ष हुन्। काउन्सिलमा उनको कार्यकाल २०८२ पुस एक गतेसम्म छ।
डा. पौडेले क्यासर अस्पतालकै रेडियसन अंकोलोजिष्ट चिकित्सक हुन्।














