सिन्धुपाल्चोक, २ चैत्र २०८०
धादिङ अस्पतालमा निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालेका डा. रुद्रमनि भण्डारी चौतारा अस्पताल सिन्धुपाल्चोकको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएका छन् ।
बागमती प्रदेश सरकारले डा. भण्डारीलाई चौतारा अस्पतालको प्रमुखमा नियुक्त गरेको हो।
यसअघि चौतारा अस्पताल सिन्धुपाल्चोकको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. गगन अधिकारी हुनुहुन्थ्यो । डा. अधिकारीलाई धादिङ अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गरेको छ।