Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ श्रावण १८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

डा. रञ्जित झाले हवाई उडानमै नवजात शिशुको ज्यान बचाए

Nam Raj Bhatta by Nam Raj Bhatta
August 3, 2025
in News
A A
0
डा. रञ्जित झाले हवाई उडानमै नवजात शिशुको ज्यान बचाए
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

जनकपुर, १८ साउन २०८२

डा. रञ्जित झाले हवाई उडानकै क्रममा आपतमा परेका एक नवजात शिशुको ज्यान बचाएका छन्।

जनकपुरबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको विमानमा रहेका शिशुमा अचानक गम्भीर स्वास्थ्य समस्या देखिएपछि डा. झाले तत्काल प्राथमिक उपचार गरी संकट टारेका हुन्।

उडानको क्रममा अक्सिजनको कमी भएपछि जन्मजात मुटुरोग कन्जेनिटल हार्ट डिजिजबाट पीडित शिशुको शरीर निलो हुन थालेको थियो।

सोही विमानमा यात्रा गरिरहेका लहान प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (प्रमुख) समेत रहेका डा. झाले तत्काल सक्रिय भइ प्राथमिक उपचार मार्फत ज्यान जोगाएका हुन।FB IMG 1754223983699

डा. झाले भने ‘यात्राकै क्रममा शिशुको शरीर निलो हुन थाल्यो। एयरलाइन्सका कर्मचारीले सहयोग मागे। भाग्यवश जहाजमै थिए यसो हेर्दा अक्सिजन मिटर लगाउनु पर्ने थियो र अभिभावकलाई मानसिक सान्त्वना दिँदै अस्पतालसम्म सुरक्षित पुर्याउन सुझाब दिए।

जहाज अवतरण हुनासाथ डा. झाले त्रिभुवन विमानस्थलमै एम्बुलेन्सको व्यवस्था गरी शिशुलाई तुरुन्तै अस्पताल पुर्याउन समन्वयसमेत गरेका थिए।

डा. झा चिकित्सा र गायन दुबै क्षेत्रमा परिचित नाम हुन्। बंगलादेशबाट एमबीबीएस, त्रिवि शिक्षण अस्पतालबाट एमडी मेडिसिन, भारतको दिल्लीस्थित अपोलो अस्पतालबाट डाइबेटिज, कार्डियोलोजी तथा आईसीयू मेडिसिनमा फेलोसिप गरेका डा. झा चिकित्सा क्षेत्रमा झन्डै दुई दशकदेखि सक्रिय छन्।

वीर अस्पतालमा कन्सलटेन्ट सिनियर फिजिसियन, गणेशमान सिंह अस्पताल महालक्ष्मीस्थान र शिवज्योति अस्पताल बल्खुको ओपीडीदेखि आईसीयुसम्मको सेवा दिइसकेका उनी गजेन्द्र नारायण सिंह, लहान प्रादेशिक अस्पताल र जिरी अस्पताल दोलखाको प्रमुख थिए भने हाल लहान प्रादेशिक अस्पतालको प्रमुखका रूपमा कार्यरत छन्।

यस घटनाले डा. झाले चिकित्सकीय सीप र मानवीेयता दुवैलाई सही समयमा प्रयोग गरेर संकटमा परेका एक शिशुको जीवन जोगाएको प्रेरणादायक उदाहरण पेश गरेको छ।

Tags: AirportDr. Ranjit jha
Nisarga hospital Dhangadhi
Previous Post

नेपाल डेन्टल एसोसिएसन मोरङ शाखाको अध्यक्षमा डा. दास

Related articles

नेपाल डेन्टल एसोसिएसन मोरङ शाखाको अध्यक्षमा डा. दास
News

नेपाल डेन्टल एसोसिएसन मोरङ शाखाको अध्यक्षमा डा. दास

4 hours ago
780
स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री डा. आरजु राणा
News

स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री डा. आरजु राणा

4 hours ago
785
काठमाडौं मोडेल अस्पतालमा पहिलोपटक दुर्बिन विधिबाटै योनिको छानो खसेको शल्यक्रिया
News

काठमाडौं मोडेल अस्पतालमा पहिलोपटक दुर्बिन विधिबाटै योनिको छानो खसेको शल्यक्रिया

11 hours ago
792
बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित #Bagmati
News

बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित #Bagmati

11 hours ago
778
नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु
News

नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु

2 days ago
782
काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा
News

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा

2 days ago
805

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,176)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...