काठमाडौं, ५ चैत २०८१
शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका वरिष्ठ बाल मुटुरोग सर्जन डा. रवीन्द्रभक्त तिमलालाई रोटरी क्लब अफ पाटनले सोमबार ‘रोटरी भोकेस्नल अवार्ड’ प्रदान गरेको छ ।
सबैभन्दा पुरानो रोटरी क्लब अफ पाटनले सोमबार पुल्चोकमा आयोजना गरेको कार्यक्रममा शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका चिकित्सक डा. तिमला र पश्चिम रुकुमको सानोभेरी गाउँपालिकाकी आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै आइरहेकी सोलो ट्राभलर सिर्जना (सिज्जु) वलीलाई सोलो ट्रेकर ब्लगरलाई जनही २५ हजार नगदसहित ‘रोटरी भोकेस्नल अवार्ड’ प्रदान गरिएको हो ।
सेवा भन्दा माथि स्वहित छैन भन्ने मूल मन्त्र मान्दै आएको रोटरीले विभिन्न पेशामा इमान्दारिता, समर्पण र उच्च नैतिक मूल्य कायम राख्दै परोपकारी काम गर्नेहरूलाई पुरस्कृत गर्दै आइरहनु भएको छ।