सुर्खेत, ११ भाद्र २०८१
स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा. रविन खड्का उत्कृष्ट निजामती पुरस्कारबाट सम्मानित भएका छन्।
डा. खड्कालाई कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो।
क्लिनिकल दक्षता थाती राखेर समग्र स्वास्थ्य सेवाका लागि दिएको योगदानको मूल्याकंनका रुपमा यसलाई लिएको डा. खड्काले उल्लेख गरेका छन्।
पुरस्कार ग्रहण गर्दै डा. खड्काले भनेका छन् ‘क्लिनिकल दक्षतालाई करिब-करिब तिलान्जली दिएर आफ्नो प्रदेश भनी लामो समयदेखी समग्र स्वास्थ्य क्षत्रमा बलबुताले सकेसम्मको दिएको सेवाको उच्च मूल्यांकन गर्दै प्रदेश स्थापना दिवसको उपलक्ष्यमा उत्कृष्ट निजामती पुरस्कारद्वारा सम्मान गर्नुभएकोमा कर्णाली प्रदेश सरकार र सम्पूर्ण सुभेच्छुहरुमा हार्दिक आभार।