काठमाडौं ,२७ बैशाख
भक्तपुर स्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा प्रा.डा .प्रेम राज ज्ञवालीलाई नियुक्त गरेको छ।
त्रिवि शिक्षण अस्पतालमा कार्यरत प्रा. डा .ज्ञवालीलाई मन्त्रिपरिषदले ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यद्यपि डा ज्ञवालीले निर्देशक नियुक्तीको औपचारिक पत्र भने पाइसकेका छैनन्।
मानव अंग प्रत्यारोपण केन्द्रमा यसअघि डा .पुकार चन्द्र श्रेष्ठ निर्देशकका रुपमा कार्यरत थिए।