काठमाडौँ, ७ वैशाख २०८१
राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरीटेन्डेन्टमा डा. प्रमोद कुमार यादव तेस्रो पटक नियुक्त भएका छन् ।
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बिहिबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. प्रमोदकुमार यादवलाई निमित्त मेसुमा नियुक्त गरेका हुन् । डा. यादव दशौँ तहका हुन् ।
यसअघि एघारौँ तहका वरिष्ठ अर्थोपेडिक सर्जन डा. बद्री रिजाल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट थिए । डा. रिजाललाई ट्रमा सेन्टरमा साविक बमोजिमको पदमा रहेर काम काज गर्ने गरी जानकारी गराइएको छ । डा. यादव यसअघि पनि सेन्टरको दुई पटक मेसु बनिसकेका छ्न।