मकवानपुर, १६ असोज २०८१
हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवालीलाई नियुक्त गरिएको छ ।
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले डा. ज्ञवालीलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रदेशका मख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा भएको बैठकले ज्ञवालीलाई नियुक्तको निर्णय गरेको हो ।
डा. ज्ञवालीले प्रतिष्ठानको विकासका लागि आफ्नो योगदान रहने बताए । डा. ज्ञवाली यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिव भइसकेका छन् ।
यसअघि उपकुलपति रहेका प्राडा. विश्वराज जोशीको पदावधि सकिएपछी लामो समय देखि प्रतिष्ठानमा उपकुलपति नियुक्त हुन सकेको थिएन।