काठमाडौं, ११ मंसिर २०८२
नेपाल निजामती कर्मचारी (सिभिल) अस्पताल, फ्रन्टलाइन अस्पताल र एभरेस्ट अस्पतालमा कार्यरत डिएम नेफ्रोलोजी डा. निशान भुर्तेलले नेपाल मेडिकल काउन्सिलको सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
काउन्सिलको आगामी पुसमा हुने नयाँ नेतृत्वको निर्वाचनमा सदस्य पदका लागि डा. भुर्तेलले उम्मेदवारी घोषणा गरेका हुन्।
डा. भुर्तेलले उम्मेदवारी दर्ता गराउदै पेशामा हासिल गरेका अनुभव र नेतृत्व क्षमताका आधारमा काउन्सिलमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित आफू अघि बढेको बताएका छन्।
डा. भुर्तेलका अनुसार मेडिकल काउन्सिलमा आवश्यक संरचनागत तथा नीतिगत परिवर्तन एउटै व्यक्तिको प्रयासले सम्भव छैन, त्यसका लागि साझा संकल्प र सामूहिक नेतृत्व आवश्यक छ।
आगामी पुषमा हुने निर्वाचनको क्रममा डा. भुर्तेलले सबैको साझा बुलुन्द आवाज हुनुपर्ने बताएका छ्न।
डा. भुर्तेलले Dow university Pakistan बाट एमबीबीएस, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसन( एमडी) र त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट नेफ्रो मेडिसिनमा डिएम गरेका छ्न।
डा. भुर्तेलले सरकारी छात्रवृत्ति बाट डिएम नेफ्रो मेडिसिनको अध्ययन सकेर दुई वर्ष त्रिवि शिक्षण अस्पताल र कोशी प्रादेशिक अस्पतालमा अनिवार्य छात्रवृत्ति करार सेवा दिएर हाल सिभिल अस्पतालमा मृगौला विभागको शुरुवात गरेका हुन।
डा. भुर्तेलले कुनै राजनीति पेशाबाट उम्मेदवारी नदिइ स्वतन्त्र तवरबाट आफ्नो एकेडमीक र क्लिनिकल पृष्ठभुमिको आधारमा सदस्य पदमा उम्मेदवारी दिएको बताएका छन।
नेपाल मेडिकल काउन्सिल जस्तो नियामक निकायले आधुनिक प्रविधि र व्यवस्थापकीय सुधारमार्फत सेवा गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता छ। चिकित्सक र सेवाग्राही दुवैलाई सहज बनाउने सुधार आवश्यक रहेको उनको भनाइ छ।
डा. भुर्तेलले काउन्सिललाई पूर्ण रूपमा पेपरलेस बनाउने, सेवाहरूलाई डिजिटलाइज गर्दै पारदर्शिता बढाउने तथा चिकित्सकहरूको प्रोटोकल अनुसारको अभ्यासको प्रभावकारी अनुगमन गर्ने आफ्नो प्रमुख कार्यसूची रहेको बताए। डा. भुर्तेलले सम्पुर्ण चिकित्सकहरुमा आफ्नो अमुल्य भोट दिएर सघाउन अपिल गरेका छ्न।
निर्वाचन अगाडि पुष ४ र ५ गते काठमाडौं उपत्यका बाहिर र पुष ११ र १२ गते काठमाडौं उपत्यकामा शुरु हुने भएको छ।











