काठमाडौं, ११ मंसिर २०८२
एमडिजिपी एन्ड इमरजेन्सी मेडिसिन विशेषज्ञ डा. जगदीश जोशी एघारौं तहमा बढुवा भएका छ्न।
प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेशले रिक्त रहेको स्वास्थ्य सेवा, पक्लिक हेल्थ एड्मिनिस्ट्रेसन समूह, निर्देशक पदमा डा. जोशीलाई ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा बढुवा सिफारिस गरेको हो।
डा. जोशीले यस अघि बयालपाटा अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट र स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकको जिम्मेवारी सम्हालि सकेका छ्न। 











