Magnus pharma
आज: २०८२ चैत्र १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

डा. गोविन्द केसीले ४ बुँदे माग राख्दै २२ औँ सत्याग्रह शुरू

Nam Raj Bhatta by Nam Raj Bhatta
May 11, 2024
in News
Reading Time: 1 min read
A A
0
डा. गोविन्द केसीले ४ बुँदे माग राख्दै २२ औँ सत्याग्रह शुरू
601
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २९ बैशाख, २०८१

चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले ४ बुँदे माग राख्दै २२ औँ सत्याग्रह शुरू गरेका छन्।

डा. केसी सरकारले बिभिन्न समयमा सरकारले अन्तिम अल्टिमेटमको अवधिमा पनि मागहरू सम्बोधन नभाएको भन्दै पशुपतिको मृगस्थलीमा २२ औँ सत्याग्रह शुरू गरेका हुन्।

उनले भनेका छन् ‘अन्तिम अल्टिमेटमको अवधिमा पनि हाम्रा मागहरू सम्बोधन नभएको हुनाले आज २०८१ बैशाख २९ गते ४ वजे देखि बाईसौ सत्याग्रह शुरू गर्ने घोषणा गर्दछौं।’

यस्ता छन् सत्याग्रहका मागहरू:-

१. सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजिनामा। निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिस्चित गरियोस्।

२. सवै नेपालीलाई गुणस्तरीय साथै निशुल्क औषधि – उपचारको व्यवस्था गरियोस्।

३. जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सवैको समान पहुँच सम्बन्धी – गेटामा तुरुन्त प्रतिष्ठान संचालन गर्ने, गण्डकी र मधेश प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज/प्रतिष्ठान तुरुन्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धि उच्च शिक्षा ऐन र एकिकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धि ऐन तुरुन्त पारित गर्न लगायत सवै सम्झौताहरु कार्यान्वयन गर्न।

४. कार्की आयोगले दोषी ठहऱ्याएका व्यक्तिहरूलाई कारवाही गर्न माग गरिन्छ।

प्रेस विज्ञप्तिको पुर्ण पाठ

लोकतान्त्रिक मूल्य मान्यतालाई आफ्नो सुविधा र स्वार्थ अनुसार परिभाषित र प्रयोग गर्ने प्रचण्डले सत्ता जोगाउन माईती घर लगायत विभिन्न स्थानमा लोकतन्त्रको मुख्य मर्म भेला हुने र स्वतन्त्र अभिव्यक्ति राख्न पाउने नागरिक अधिकार कुण्ठित गर्न जारी गरेको निषेधित क्षेत्र घोषणा माईती घरको लागि मात्र फिर्ता लिएको पनि झुठो सावित भएको छ। स्मरण रहोस हामीले गैरलोकतान्त्रिक निर्णय फिर्ता लिन, सशस्त्र द्वन्द कालका पिडितहरूलाई न्याय, सवै नेपालीहरूलाई निशुल्क औषधि-उपचारको व्यवस्था, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार साथै सुशासनका लागि विभिन्न सरकारहरुसँग गरेका सम्झौताहरु कार्यान्वयनको माग राख्दै माईतीघरमा दैनिक रुपमा गत ४महिना देखि शान्तिपूर्ण ढंगले प्रदर्शनी गरिरहेका छौ।

यसैबीच शिक्षा मंत्रालयले स्वास्थ्य सेवाको गुणस्तर नियमन गर्ने सरकारी निकाय देखि लिएर विभिन्न विश्वविद्यालय लगायतका शिक्षण संस्थानका पदाधिकारीहरूले गरेका भ्रष्टाचार र अनियमितता छानवीन गर्न गठित पूर्व न्यायाधीश श्री गौरी वहादुर कार्की आयोगले करिव ७ वर्ष अघि बुझाएको, भ्रस्टाचारमा संलग्न पदाधिकारीहरू र सजायवारे सुझाव सहितको रिपोर्ट हालै सार्वजनिक गरेको छ। दोषीहरूमा केपी ओली, शेर बहादुर देउवा र प्रचण्डलगायत प्रमुख दलका कार्यकर्ता पदाधिकारीहरू छन्। रिपोर्ट बुझाए लगत्तै त्यसलाई सार्वजनिक गरेर दोषीहरूमाथि कारवाही गर्न शुरुमा देउवा र त्यसपछि ओली सरकारलाई आग्रह गरेका थियौं र सत्याग्रह सहितको दवाव दिएका थियौँ तर सुनुवाइ भएन।

शिक्षा र स्वास्थ्य क्षेत्रलगायत विभिन्न सार्वजनिक संस्थान तथा निकायहरूमा योग्य व्यक्तिहरूलाई नभएर पार्टीका भ्रष्ट र अयोग्य कार्यकर्ताहरूलाई पदाधिकारी नियुक्त र अन्य कार्यकर्ताहरूको जागिर खाने थलो बनाई संस्थानहरूलाई दोहन गरेर खाने र अनि अपराधी र भ्रष्टाचारीहरुलाई प्रश्रय र प्रोत्साहन दिने परिपाटी बसेका कारण स्वास्थ्य सेवा र शैक्षिक संस्थान लगायतका संस्थाहरू धराशायी भएका छन् भने ती संस्थानले प्रदान गर्ने सेवाको गुणस्तरमा ठूलो ह्रास आएको छ। यो अवस्था रोक्न तत्कालकार्की आयोगको सिफारिस अनुसार दोषीहरुलाई कारवाही गर्न साथै अन्य मागहरू पूरा गर्न र नगरे सत्याग्रह सहितका आन्दोलन शुरू गर्ने अन्तिम अल्टिमेटम सरकारलाई दिएका थियौँ।

सुनुवाइ हुनु त परै जाओस सम्वन्धित पक्षले हामीसँग सम्पर्क गर्ने साधारण शिष्टाचार पनि निर्वाह गरेनन्। हत्या र हिंसाको बलमा सत्ता कब्जा गर्ने र गैरलोकतान्त्रिक उपायबाट जसरी पनि सत्तामा टिकी रहने मानसिकता र क्रियाकलापमा पारखी प्रचण्ड जनताको हकहित प्रति न्युनतम पनि संवेदनशील नहुनु स्वाभाविक हो । तर सचेत र जिम्मेवार नागरिकको हैसियतले मौन रहने हामीलाई छुट छैन।

अहिले विश्वविद्यालयहरू तथा अन्य शैक्षिक संस्थाहरु देशलाई आवश्यक दक्ष जनशक्ति नभएर सस्ता खालका राजनीतिक कार्यकर्ता र अदक्ष, बेरोजगार जनशक्ति उत्पादन गर्ने थलो बनेको छ। देशमा रोजगारीका अवसरहरू पनि छैनन् तषर्थ कम तलवमा श्रमिकको काम गर्न लाखौ युवाहरू खाडी देशहरुमा जान वाध्य भएका छन्। तिनले रगत-पसिना बगाएर पठाएको पैसाले नेपालको एक तिहाई अर्थतन्त्र धानेको छ तर नेताहरू त्यसको अपचलनमा व्यस्त छन्। गुणस्तरहीन शिक्षा र दिगो रोजगारीको अभाव भएका कारण १२ कक्षा उत्तीर्ण भएलगत्तै प्रत्येक वर्ष दशौ हजार किशोरकिशोरीहरु दशौ लाख खर्च गरेर विकसित देश तिर अध्ययनको नाममा नफर्कने गरि विदेशिन बाध्य छन्। कल कारखाना छैन तषर्थ मुलुक पूर्णरूपमा आयातमा निर्भर छ। नेपालको कुल निर्यातको रकमले खनिज तेल आयात रकम तिर्न पुग्दैन। हामीले, आयातको मात्र नभएर प्रधानमन्त्री, मंत्री, सांसदहरू र ठुला मोटा महत्त्वपूर्ण धेरै पोष्टहरूको नियुक्ति र समष्टिमा भन्दा आवरण वाहेक मुल अन्तरभाग सार्वभौमसत्ताको जिम्मेवारी छिमेकी देशलाई सुम्पेका छौ।

भागबन्डा नमिलेर महिनौसम्म विश्वविद्यालय लगायत विभिन्न सार्वजनिक संस्थानहरु नेतृत्व विहिन राखिन्छ । विपन्न वर्ग र नेपालका कुना काप्चामा बस्नेदेखि लिएर सबै नेपालीको गुणस्तरीय निशुल्क सस्तो स्वास्थ्य सेवा तथा शिक्षामा समान पहुँच होस् भन्ने उद्धेश्यले तिनै भ्रस्ट राजनीतिज्ञ र माफियाहरुहरुको निरन्तर विरोधका वावजूद देश विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुको दवावका कारण चिकित्सा शिक्षा ऐन आयो आयोग बन्यो तर अध्यक्षको हैसियतले हालका प्रधानमन्त्री प्रचण्ड त्यसलाई धराशायी बनाउन उद्यत छन्। उनले सवै दलका माफियाहरुको हितमा निर्णय गर्नका लागि हाम्रो निरन्तर खबरदारीका वावजूद चार वटै निर्देशकको पद महिनौसम्म खाली हुने अवस्था सिर्जना गरे।

कुनै पनि स्वास्थ्य, शैक्षिक तथा अन्य कुनै सार्वजनिक संस्थान होउन्, तिनमा योग्यताको आधारमा पदाधिकारी नियुक्त गर्नु पर्छ र पद एक दिन पनि खाली रहन दिनु हुँदैन भनेर हामी संघर्षरत रहेको करिव दुई दशक भयो । अत्यावश्यक सेवा प्रदायी मात्र होइन सामान्य सेवाप्रदायक संस्थानहरु समेत एक दिन पदाधिकारीविहिन हुँदा समेत सार्वजनिक सेवाहरु कति प्रभावित हुन्छन भन्ने सर्वसाधारण नागरिकले पनि बुझे कुरो हो। तर यहाँ त देशको चिकित्सा शिक्षा नियमन गर्ने मुख्य निकाय नै यति लामो समयसम्म पदाधिकारीविहिन बनेको छ। नेता, राजनितिक कार्यकर्ता र गलत तत्वहरुको घृणित स्वार्थका लागि जनता र देशले किन मूल्य चुकाउने ?

अहिले नेपालमा राजनीतिको चरम भ्रस्टीकरण, अपराधीकरण, माफियाकरण र दलालिकरण भएको छ। भ्रष्टाचारका कारण राष्ट्रकोष रित्तिइरहेको छ। साधारण नागरिकको जीवन कष्टकर बनेको छ। औषधी उपचार सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि निशुल्क त परै जाओस् निकै महंगो छ। तषर्थ महंगो उपचार शुल्कका कारण प्रत्येक वर्ष लाखौ मध्यम वर्गीय नेपालीहरू गरिवीको रेखामुनि धकेलिई रहेका छन् भने विपन्न वर्गका नागरिकहरू उपचार गर्न नसकेर मृत्यु वरण गर्न, दिर्घ रोगी भएर बस्न र अपांग भएर वाँच्न वाध्य छन्। जबकि ठुला नेताहरू साधारण रोगकोलागि पनि राज्यकोष खर्च गरेर विदेशमा उपचार गराउँछन्। सवै नेपालीहरू निशुल्क स्वास्थ्य सेवा सुविधाका हकदार हुन। राज्यको शिर्षस्थ नेतृत्व पक्षमा इच्छा, दुरदर्शिता र इमानदारीता छ भने यो अवस्यै सम्भव छ। तथाकथित साम्यवादी र समाजवादी नेताहरू भ्रष्टाचार र अपराध गरेर कमाएको कालो धन सेतो बनाउन र चर्को मुनाफा कमाउन शिक्षा र स्वास्थ्य क्षेत्रको चरम व्यापारिकरण गरिरहेका छन्। र निशुल्क स्वास्थ्य सेवा व्यवस्था सम्भव छैन भनेर जनतालाई वेवकुफ बनाइरहेका छन्।

नेता र कार्यकर्ताहरुले भ्रस्टाचार गर्छन उनीहरुलाई कारवाही हुँदैन, व्यापारी, साधारण कर्मचारी र सर्वसाधारण नागरिकहरु दण्डित हुन्छन्। जवाफदेही बनाउने अख्तियार लगायतका निकायहरु तिनै भ्रस्ट र अपराधी नेताहरुको चाकडी गर्नमा व्यस्त छन्। यदि भ्रष्ट शिर्षस्थ नेताहरु विरुद्ध कारवाही अगाडी बढाउँदैनन् भने उनीहरुले तुरुन्त राजिनामा दिनु पर्छ। शिक्षाको गुणस्तरमा र मुलुकको शिक्षा प्रति जनविश्वास वृद्धि होस् भन्ने हेतुले राजनीतिक भागवण्डाको आधारमा नभएर योग्यताको आधारमा विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत निकायहरुमा पदाधिकारी चयन गर्ने प्रावधान सहितको उच्च शिक्षा ऐन निर्माण गर भनेर हामी लडेको दशकौ वित्दा पनि रोकेर राखेका छन्।

सत्याग्रहको क्रममा हामीसित भएको सम्झौताअनुरुप कैलाली गेटामा निर्मित प्रस्तावित मेडिकल कलेज भवनमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा तुरुन्त संचालनमा ल्याउन छाडेर कुनै उपयुक्त अध्ययन र गृहकार्यविना नै प्रचण्डले मेडिकल विश्वविद्यालय खोल्ने घोषणा गरे र घोषणाको केहि महिना वित्र नपाउंदै मेडिकल विश्वविद्यालय ऐन जारी हुने अवस्थामा छ भनेर अहिले हल्ला पिटिएको छ। यसबाट अहिले सम्म पठन पाठन र स्वास्थ्य सेवा पूर्ण रुपमा शुरु भइसक्नुपर्नेमा केहि वर्षको लागि पछी धकेलिने कुरामा कुनै दुई मत छैन। जबकि मेडिकल शिक्षा लगायत सम्पूर्ण शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्रमा वृहत सुधार ल्याउन उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान ऐन वन्न नदिएर वर्षौ देखि रोकेर राखिएको छ।

हामीसँग वारंवार सम्झौता भए अनुरूप तथा ऐनमा उल्लेख भए अनुरुप प्रत्येक प्रदेशमा कम्तिमा एउटा साथै इलाम, उदयपुर र डडेल्धुरामा एक एक वटा मेडिकल कलेज तथा प्रतिष्ठान निर्माण गरेर संचालनमा आई सक्नुपर्नेमा अहिले सम्मका सरकारहरुको माफियामैत्री मानसिकता र क्रियाकलापका कारण त्यो काम समेत हुन सकेको छैन। स्मरण रहोस हालै सर्वोच्च अदालतले मापदण्ड पनि नपुगेको र प्रक्रिया पनि नपुर्याएको मेडिकल व्यापारीको अस्पताललाई सम्बन्धन दिनु भन्ने आदेश दियो भनेर हालै समाचारहरुमा आयो। संक्षिप्त आदेश विनाको त्यस्तो संदिग्ध फैसला चिकित्सा क्षिक्षा ऐन र अन्य प्रचलित कानुनहरुको विपरित भएको देखिन्छ र यसले चिकित्सा शिक्षा क्षेत्रमा अराजकता सृजना गर्न मद्धत पुर्याएको छ। त्यसैले चिकित्सा शिक्षा आयोगले सो फैसलाविरुद्ध पुनरावलोकनको लागि निवेदन दिने हाम्रो अपेक्षा छ।

अहिले नेपालमा पालैपालो शासन गरिरहेका कुपात्रहरूका कारण देशको लोकतन्त्र नै वदनाम हुँदै छ । विगतमा ठुला ठुला भ्रष्टाचार र अपराध गर्ने नेता, कार्यकर्ता तथा पदाधिकारीहरु शक्ति र कुर्सिको आडमा जवाफदेहीबाट उन्मुक्ति पाउनुले मानिसहरुलाई नेताहरुप्रति क्रुद्ध र दिग्भ्रमित बनाएको छ । त्यसैले अब देशलाई सुशासनको बाटोबाट समृद्धितिर डोर्याउन स्वच्छ छविका, जनता, देश र लोकतन्त्र प्रति इमान्दार र कुनै पनि अपराध तथा भ्रष्टाचारमा संलग्न नभएको व्यक्तित्वको नेतृत्वको खाँचो छ।

१० वर्षे सशत्र द्वन्दकालमा माओवादी र राज्य पक्षबाट १३ हजार व्यक्तिहरुको मृत्यु भयो भने १३ सय बेपत्ता भए, हजारौ विस्थापित भए, हजारौलाई यातना दिइयो, हजारौ घाइते तथा अपाङ्ग भए तथा हजारौं बालबालिकाको हातबाट कलम थुतेर वन्दुक थमाइयो । वृहत शान्ति सम्झौता पछि द्वन्दकालमा मानव अधिकार हनन, मानवता विरोधी घोर अपराध र युद्ध अपराध गर्ने व्यक्तिहरु र दलहरुनै अहिले सम्म झन्डै निरन्तर रुपमा सत्तामा छन् र सत्ता र शक्तिको आडमा छानविन प्रक्रिया तुहाएर सजायबाट बच्ने दाउमा छन्। हजारौ पिडितहरुले अहिलेसम्म न्याय पाएका छैनन्। अन्तरराष्ट्रिय कानून अनुसार पनि मानवता विरोधी र युद्ध अपराधमा संलग्न व्यक्तिहरुलाई सजायकम हुने तथा माफी हुने प्रावधान छैन।

मानवता विरोधी घोर अपराध र युद्ध अपराधको अवस्था सिर्जना गर्ने प्रधान मन्त्री प्रचण्ड लगायत कतिपय माओवादी नेताहरु र द्वन्दकालमा सरकारको तर्फबाट अपराधमा संलग्न प्रतिनिधिहरु लगातार शक्ति र सत्तामा रहेर सजायबाट जोगिन कुनै पनि तिकडम गर्न पछि परेका छैनन्। अनि त्यस्तो दण्डहीनता कायम गर्न प्रचण्ड, केपी ओली, शेर बहादुर देउवा र माधवकुमार नेपालको बराबर जस्तै भूमिका छ।

त्यसैले पनि नेपालमा लोकतन्त्रको साख बचाउने हो भने ओली, देउवा र माधव नेपालले सत्ता र आआफ्ना पार्टीहरुमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु दल, देश र जनताको बृहत् हितमा हुनेछ। हाल सत्ताको नेतृत्व गरेका प्रचण्ड त पदमा रहंदा सधैंभर आफ्नो दण्डहीनताका लागि सिंगो संक्रमणकालीन न्याय प्रक्रियालाई भद्दा मजाकमा परिणत गरेको इतिहास छ। त्यसैले निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया नटुङ्गिउञ्जेल पदमा बस्ने उनको कुनै नैतिक तथा कानुनी धरातल छैन। तषर्थ उनले तुरुन्त राजिनामा दिनु पर्छ। द्वन्द्वकालमा घाइतेहरूको उपचारमा संलग्न चिकित्सकको नाताले मैले सशस्त्र द्वन्द्वको बीभत्स रूप देखेको छु।

अन्तमा, अन्तिम अल्टिमेटमको अवधिमा पनि हाम्रा मागहरू सम्बोधन नभएको हुनाले आज २०८१ बैशाख २९ गते ४ वजे देखि बाईसौ सत्याग्रह शुरू गर्ने घोषणा गर्दछौं।

सत्याग्रहका मागहरू:-

१. सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजिनामा। निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिस्चित गरियोस्।

२. सवै नेपालीलाई गुणस्तरीय साथै निशुल्क औषधि – उपचारको व्यवस्था गरियोस्।

३. जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सवैको समान पहुँच सम्बन्धी – गेटामा तुरुन्त प्रतिष्ठान संचालन गर्ने, गण्डकी र मधेश प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज/प्रतिष्ठान तुरुन्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धि उच्च शिक्षा ऐन र एकिकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धि ऐन तुरुन्त पारित गर्न लगायत सवै सम्झौताहरु कार्यान्वयन गर्न र कार्की आयोगले दोषी ठहऱ्याएका व्यक्तिहरूलाई कारवाही गर्न माग गरिन्छ।

डा. गोविन्द केसी

२०८१/२/२९ काठमाडौं।

Tags: #government of NepalDr.Govind kc
SummarizeShare250ScanTweet146

Related articles

बानेश्वरमा काठमाडौं क्यान्सर सेन्टर ‘सिटी क्लिनिक’ सञ्चालन

बानेश्वरमा काठमाडौं क्यान्सर सेन्टर ‘सिटी क्लिनिक’ सञ्चालन

by Nam Raj Bhatta
March 23, 2026
0

नयाँ बानेश्वर स्थित काठमाडौं क्यान्सर सेन्टर भक्तपुरले आफ्नो सेवा विस्तार गर्दै नयाँ सिटी क्लिनिक सञ्चालनमा ल्याएको छ। चैत १५ गतेदेखि औपचारिक रूपमा सेवा सुरु गर्ने उद्देश्यले क्लिनिकको सोमबार...

जिल्ला अस्पताल बैतडी न्यूनतम सेवाको मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट #Baitadihospital

बैतडी अस्पतालमै भयो सानाे चिराबाट हाडजोर्निको जटील शल्यक्रिया

by Nam Raj Bhatta
March 23, 2026
0

वैतडीको दोगडाकेदार गाउँपालिका– ३ का एक पुरुषको काटेको रुख ढलेर खुट्टामा परेपछि घुँडामुनिको दुबै हड्डी बाँचियो । घटनापछि तुरुन्तै जिल्ला अस्पतालको इमेरजेन्सिमा पुगेका उनलाई बैतडी अस्पतालमै उपचार हुने...

स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक

स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक

by Nam Raj Bhatta
March 22, 2026
0

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आज आफ्नो कार्यकालमा सम्पादन भएका प्रमुख कार्यहरूको 'प्रगति प्रतिवेदन' सार्वजनिक गरेकी छिन्।  'जेन-जी' आन्दोलन पश्चात् सरकारको नेतृत्व सम्हालेकी डा. शर्माले चुनौतीपूर्ण समयमा...

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

by Nam Raj Bhatta
March 22, 2026
0

ललितपुरस्थित किष्ट मेडिकल कलेज एवम् शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपणसम्बन्धी अध्ययन अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने भएको छ । स्विट्जरल्यान्डको जेनेभा मा मे ६ देखि ९ सम्म आयोजना हुने...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    633 shares
    Share 253 Tweet 158
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    624 shares
    Share 250 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    662 shares
    Share 296 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बानेश्वरमा काठमाडौं क्यान्सर सेन्टर ‘सिटी क्लिनिक’ सञ्चालन
  • बैतडी अस्पतालमै भयो सानाे चिराबाट हाडजोर्निको जटील शल्यक्रिया
  • स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक
  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.