डडेल्धुरा २५, बैशाख
सुदुरपश्चिम प्रदेशको मुटु भनेर चिनिने डडेल्धुरा अस्पतालमा दुई महिना निशुल्क सेवा पछि प्रा.डा. गोविन्द केसी बझाङ तर्फ लागेका छन्। २०७६ फागुन २० गते देखि डडेल्धुरा अस्पतालमा निशुल्क रुपमा सेवा गर्न पुगेका थिए।
उहाँ डडेल्धुरा हुँदा हाडजोर्नीसम्बन्धी समस्या भएका बिशेष गरि सुदूर पहाडवासीले विशेषज्ञ चिकित्सक सेवा पाएका थिए। केसीबाट सेवा लिन डडेल्धुरा लगायत, बैतडी, बझाङ, दार्चुला र डोटीका बिरामी आउने गरेको डडेल्धुरा अस्पतालमा कार्यरत रमेश भट्टले बताए।
डा.केसिले आफु जादा अस्पताल प्रसासनलाई सेवाको मौका दिएको आभार सहित केही सुझाव पनि पत्र मार्फत दिएको केसीकै अनुयायी रमेस भट्टले जानकारी दिएका छ्न।
भट्टका अनुसार डा .केसीले डडेल्धुरा अस्पतालमा हुँदा २ हजार जती सामान्य केस र करिब ४ सयको हाराहारीमा अप्रेशन गरेका थिए। यद्यपी उनले कति बिरामी जाँचे भन्ने यकिन तथ्यांक नरहेको अस्पतालले जनाएको छ।
लकडाउन अघिसम्म उनीसँग उपचार गराउन धेरैको भिड लाग्ने गरेको थियो। तर लकडाउनका कारण बिरामीको चाप भने केही कम भएको थियो। धेरैजसो बिरामीले उपचार गर्न आउँदा डाक्टर केसीलाई भगवानको संज्ञा दिने गरेको भट्टले बताए।
अस्पतालमा दुई महिने निशुल्क सेवा दिएर उहाँ बझाङतर्फ लाग्नुभयो, केही दिन उतै सेवा दिनुहुन्छ’ उनले भने। दिनमा एक छाक मात्रै खाना खाने गरेका डाक्टर केसीले अस्पतालबाट कुनै रकम नलिएको र उल्टै बिरामीका लागि औषधि समेत किनिदिने गरेको भट्टले सुनाए। ‘उहाँले ३५ सय पर्ने १५ जोडा बैशाखी किनेर अस्पताललाई दिनुभएको छ। भगवान बनेर आउँनुभएको थियो खल्ती नै रित्याएर जानुभयो’ उनले थपे। मिडियाबाट टाढै रहने डाक्टर केसीको अब डडेल्धुरा बाहेक अन्य पहाडी जिल्लामा घुम्ने योजना रहेको पनि भट्टले बताए।