धादिङ, २१ साउन २०८२
लायन्स क्लव अफ काठमाडौं सूर्यमूखीले धादिङ अस्पतालका निर्देशक डा. गगन अधिकारी सहित १८ जना स्वास्थ्यकर्मीलाई सम्मानित गरेको छ।
क्लबद्धारा आयोजित बिभिन्न कार्यक्रममा विशेष योगदान गर्ने बिभिन्न स्वास्थ्यकर्मीसँगै सामाजिक व्यक्तित्वहरुलाई प्रशंशा पत्र प्रदान गरी सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा नेपाल रेडक्रस सोसाइटी धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ, धादिङ अस्पतालका डा. दिनेश रेग्मी, रेडियोग्राफर निरीक्षक सुन्दरी मगर, डा. सविन भण्डारी, डा. पुजा बज्राचार्य, डा. रामचन्द रिजाल, कृष्णलाल उप्रेती, डन्टल सर्जन डा. गुरुङ, मेडिकल अधिकृत डा. प्रियजन पाण्डे, स्टाफ नर्स संगिता गुरुङ, फार्मेसी सहायक पवन अर्याल, फार्मेसी सहायक सन्दिप खनाल, हेल्थ असिसटेण्ट सुजिता सिलवाल, क्वल डाइरेक्टर लायन डा. अशोक छत्कुली, सामाजिक अगुवा राजाराम रिजाल, कोषाध्यक्ष लायन सुदर्शन गोम्जा, सर्भिस चियर पर्सन लायन पवित्रा लम्साल रहनुभएको छ ।
यस्तैगरी लायन्स क्लब काठमाडौंले जेहन्दार विद्यार्थी ज्वालामुखी गाउँपालिका–४ की छात्रा रेशु विश्वकर्मालाई छात्रवृत्ति प्रदान गरेको छ ।
लायन्स क्लबले नीलकण्ठ नगरपालिका–८ बगैँचामा रहेको जनस्वास्थ्य तथा प्राविधिक अध्ययन स्कुलमा एचए( हेल्थ असिस्टेण्ट) दोस्रो वर्षमा अध्ययनरत छात्रा विश्वकर्मालाई २७ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको लायन्स क्लव अफ काठमाडौं सूर्यमूखीका अध्यक्ष विक्रम विश्वकर्माले जानकारी दिनुभयो ।
आर्थिक अवस्था कमजोरका कारण छात्रा विश्वकर्माको अध्ययनमा आइपरेको कठिनाइलाई सहयोग गर्ने उद्देश्यले क्लबले धादिङ अस्पतालसँगको सहकार्यमा उक्त रकम संकलन गरी छात्रवृत्ति अनुदानको रुपमा प्रमाणपत्र सहित प्रदान गरिएको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।
अध्यक्ष विश्वकर्माका अनुसार हेल्थ एसिस्टेन्ट अध्ययन गरिरहनु भएकी उहाँलाई उत्साह र थोरै भएपनि सहयोग पुगोस् भनेर सहयोग गरेका हौं । आशा छ, स्वास्थ्यकर्मी भएर देश र जनाताको सेवा गर्ने उहाँको सपना पुरा गर्न थोरै भए पनि मलजल हुनेछ ।
छात्रवृत्ति पाएपछी रेशु विश्वकर्माले आफुलाई ठूलो सहयोग पुगेको बताउनुभयो । अध्ययन गर्न चाहना भएर पनि आर्थिक अवस्था कमजोरका कारण विचैमा छाड्नु पर्ने बाध्यता धेरैको रहेको भन्दै उहाँले दुख र संघर्षमा रहेको मलाई क्वलले दिएको छात्रवृत्तिले ठूलै राहत मिलेको बताइन।
कार्यक्रमका अध्यक्ष समेत रहुनुभएका धादिङ अस्पतालका अस्पताल निर्देशक डा. गगन अधिकारीले क्लवले सामाजिक क्षेत्रमा पुर्याएको योगनदानको प्रशंसा गर्नुभयो ।
दुर दराजका नागरिकमा स्वास्थ्य सेवा पुर्याउने काममा धादिङ अस्पताल रहेको भन्दै डा. अधिकारीले क्लवसँग सामाजिक कार्यमा हातेमालो गर्न पाउँदा खुसी लागेको बताउनुभयो । आगामी दिनमा पनि सामाजिक कार्यमा सहकार्य गर्न धादिङ अस्पताल परिवार सधैं तयार रहेको डा. अधिकारीको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट चिफ एममिनिस्ट्रेटर लायन जनार्दन फुयालले क्लबमा नयाँ साथीहरुलाई जोड्दै सदस्यता थपी अझै सामाजिक कार्यमा जोड दिदै क्लवलाई मजवुद बनाउनु पर्नेमा जोड दिनुभयो । त्यस्तै डिस्ट्रिक्ट चिफ लायन अनुज कुमार श्रेष्ठले सामाजिक कार्यमा क्लबले निकै फड्को मारेको बताउनुभयो ।
कार्यक्रमका बिच क्लबमा नयाँ सदस्यहरु पनि थपिएका छन् । नयाँ सदस्यहरुमा क्लब डाइरेक्टर डा. अशोक छत्कुली, क्लब सदस्य हरि बहादुर सुनार, क्लब सदस्य राम बहादुर श्रेष्ठ र क्लब सदस्य अशोक वि.क. रहनुभएको छ ।
सामाजिक कार्यमा सक्रिय लायन्स क्लव अफ काठमाडौं सूर्यमूखीले विकट बस्तीमा स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु गर्दै आएको अध्यक्ष विक्रम विश्वकर्माले बताउनुभयो ।
क्लबले गत असारमा धादिङ अस्पतालमा आयोजना गरेको वृहत खुल्ला रक्तदान कार्यक्रम जुन आ.व. २०८१/८२ मा जिल्लामा सर्वाधिक संख्या ११९ पिन्ट रक्त संकलन गर्न सफल भएको थियो ।
त्यस्तैगरि गजुरी गाउँपालिका वडा नं. ५ स्थित भानुभक्त मा.वि.जरेबगैंचामा धादिङ अस्पतालसँग सहकार्य गर्दै क्लबले विपन्न नागरिक तथा सीमान्तीकृत समुदायलाई लक्षित गरी गत असार सञ्चालन गरेकोे निःशुल्क वृहत विशेषज्ञ स्वास्थ्य शिविरमा ४०१ जनाले सेवा लिएका थिए।