काठमाडौं, २ मंसिर २०८१
ललितपुरको ग्वार्को स्थित बि एण्ड बि अस्पतालका मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. दीपेन्द्र कार्कीले मानव स्वास्थ्य सेवामा अमूल्य योगदानको कदर गर्नु भएको भन्दै आशा प्रज्ञा केन्द्रले सम्मान गरेको छ।
आशा प्रज्ञा केन्द्र सितापाइलाले बि एण्ड बि अस्पतालकै डा. फिलिप श्याम रन्जितलाई पनि सम्मान गरेको हो।
अस्पतालले आशा प्रज्ञा केन्द्र, सीतापाइलालाई सम्मान गरेकोमा हामी अत्यन्त गर्वितका साथै खुशी व्यक्त गर्दै धन्यवाद प्रकट गरेको छ।
अत्यन्तै सरल एवम् नम्र स्वभाव भएका डा. कार्की बिगत धेरै वर्ष देखि जनताको सेवामा लागि पर्नु भएको छ।