काठमाडौं, १९ कात्तिक २०८२
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झालाई कोशी अस्पतालमा सरुवा गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मंगलबार नयाँ तथा पुराना केही अधिकारीहरुको जिम्मेवारी हेरफेर गर्ने क्रममा डा. झा लाई पनि सरुवा गरेको हो।
कोशी अस्पतालको निर्देशमा डा. रुणा झा छिन् । डा. झालाई आफ्नो विज्ञताको रुपमा उपचार सेवामा केन्द्रीत हुने जिम्मेवारी दिएर पठाइएको छ ।
तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गत २८ फागुनका दिन मन्त्रीस्तरीय निर्णय गर्दै डा. झालाई इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक पदमा ल्याएका थिए ।













