काठमाडौं, ०६ फागुन २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. विकास गौचन दक्षिण एसियाबाट सन् २०२६ को मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट भएका छन्।
डा. गौचनले उक्त अवार्ड सङ्गै ३५ सय अमेरिकन डलर ग्रान्टको पुरस्कार राशी प्राप्त गर्ने भएका छन्। डा. गौचन हाल प्रतिष्ठानमा जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन विभागमा प्राध्यापकको रुपमा कार्यरत छन्।
डा. गौचनले स्वास्थ्य क्षेत्रको प्रणाली सुधारको लागि प्राथमिक उपचारमा सरकारले नै नीति निर्माणमा ध्यान दिएर स्वास्थ्य बीमा बलियो र सबैको पहुँचमा विस्तार गर्न एमडीजीपी विशेषज्ञ चिकित्सकहरुको स्थायी दरबन्दी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । प्राथमिक र इमरजेन्सी चिकित्सा प्रणाली सुधार गरेर स्वास्थ्यमा व्यक्तिगत खर्चको भरमा कमी ल्याउनु नै अहिलेको स्वास्थ्यको प्राथमिकता हुनुपर्ने उनले बताए।
डा. गौचन विश्वभरीका एमडीजीपी चिकित्सकहरुको संस्था विश्व पारिवारिक चिकित्सक संगठन (वन्का) को दक्षिण एसियाको कार्यकारिणी समितिको कोषाध्यक्ष, विश्व पारिवारिक चिकित्सक संगठन (वन्का रुरल) दक्षिण एसिया तर्फको सहअध्यक्ष, वन्का लेखा समिति सदस्य र प्राथमिक चिकित्सक तथा आकस्मिक चिकित्सक संघ नेपालका महासचिव समेत हुन्।





