आज मिति : २०८२ जेष्ठ २०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

जलवायु परिवर्तन अनुसारका रोगहरुमा काम लाग्ने औषधि उत्पादन गर्नपर्छ’ डा. देवकोटा

Nam Raj Bhatta by Nam Raj Bhatta
March 8, 2024
in News
A A
0
जलवायु परिवर्तन अनुसारका रोगहरुमा काम लाग्ने औषधि उत्पादन गर्नपर्छ’ डा. देवकोटा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

चितवन, २५ फागुन २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाले औषधिमा आत्मनिर्भर हुँदै गर्दा नेपालको भूगोल, परिवेश, हावापानीमा हुने रोगहरुलाई काम लाग्ने औषधि उत्पादन गर्नुपर्ने बताएका छन् ।

नेपाल औषधि उत्पादक संघ (एपोन) ले भरतपुरमा आयोजना गरेको ‘नवौं फर्मा एक्स्पो २०२४’ को उद्घाटन गर्दै उनले एउटै औषधि धेरै कम्पनीले उत्पादन गर्न नहुने बताएका हुन् ।

नेपालमा के–के रोगहरु छन्, कस्ता औषधिको माग छ भन्ने कुरा अनुसन्धान गरेर औषधि उत्पादन गर्नुपर्ने उनको जोड थियो । नेपाली औषधि उद्योगको बजारीकरणको परम्परालाई पनि परिवर्तन गर्नुपर्ने उनको सुझाव छ । उनले भने “प्रतिष्ठित उद्योगलाई हानिनोक्सानी नहुने गरी मार्केटिङ कल्चरलाई व्यवस्थित गरेर, चुहावट रोकेर लगानी उत्पादनमा बढाउनु पर्छ ।” यसो गरिएमा मूल्य समायोजनमा ध्यान दिन सकिने डा. देवकोटाको भनाई छ ।

उत्पादनमा, नियमनमा र प्रेस्किप्सनमा नियति भएको भन्दै डा. देवकोटाले भने “नीतिको नियतीको जिम्मा हाम्रो हो । चिकित्सक प्रेस्किप्सनको नियति, औषधि व्यवस्था विभाग लगायत नियमनमा नियति र उत्पादनमा पनि नियति छ, यो हेर्नुपर्छ ।”

सरकार र निजी क्षेत्रबीच खाडल रहेको भन्दै उनले खाडल छैन भनेर सकारात्मक रुपमा बुझ्नु आग्रह गरे । औषधि ऐन नयाँ ल्याउन थालिएको भन्दै उनले एक्स्पो जस्ता फोरमबाट छलफल गरेर केही निकास निकाल्नुपर्छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एक्स्पोले हाम्रो औषधि उत्पादनको क्षमता प्रदर्शन गरेको बताए । हाम्रो नियत सफा भईरहनु पर्ने बताउँदै उनले भने “चिकित्सकले विरामीलाई कुन औषधि लेख्नुहुन्छ । त्यहाँबाट नियत प्रष्ट हुन्छ ।”

व्यापार प्रतिस्पर्धा पनि भएको भन्दै उनले प्रतिस्पर्धाविना विकास हुन नसक्ने बताए । उनले भने “सरकार र निजी क्षेत्र दुवै ले प्रतिस्पर्धा चाहन्छन् ।” उनले नेपाली औषधिले काम गर्दै भन्ने सुन्न नपर्ने गरी काम गर्न आग्रह गरे ।
सरकारले कुनै नकुनै किसिमले औषधि उद्योगलाई सहयोग गरिरहेको उनको भनाई थियो ।

जाम्बियाका मेडिसिन रेगुलेटरी अथोरोटीका डाईरेक्टर माकोमानी सियान्गाले कार्यक्रमले नेपाल र लाम्बियाबीच सम्बन्ध जोडको भन्दै आफूहरु नेपालको औषधिसँग सहकार्य गर्न तयार रहेको बताए । ज्ञान, सीप आदानप्रदान गरेर औषधि क्षेत्रमा काम गर्न सकिने उनको भनाई छ ।

एपोनका निवर्तमान अध्यक्ष प्रज्वलजंग पाण्डले औषधिका आधारभूत कुरामा अल्झन भन्दा विश्व बजारमा कसरी पुर्याउन सकिन्छ भन्ने बारे छलफल गर्नुपर्ने बताए । उनले नेपाली औषधि उद्योगमा उच्चस्तरको जनशक्ति समेत तयार भएको बताए ।

एपोनका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले खुल्ला अर्थबजारमा मूल्य नियन्त्रित नहुने भन्दै नेपालको खुल्ला बजारमा औषधिलाई नियन्त्रणमा राख्न नहुने बताए । उनले मूल्य बजारले नै निर्धारण गर्ने जनाए ।

कार्यक्रमका अध्यक्ष एवं एपोनका अध्यक्ष महेश प्रधानले नेपालको औषधि अरु देशको भन्दा कम भएको भन्दै प्रश्न गरे “एउटी उपकरण, एउटै कच्चा पदार्थ, त्यही विज्ञ समूहले बनाएको औषधि कसरी कमजोरी हुन्छ ?”

अहिलेको परिस्थितिमा सबै उद्योगहरु अप्ठ्यारोमा परेको भन्दै उनले संयमता अपनाउनु पर्ने समय रहेको बताए । उनले नेपालमै पाँच वटा उद्योगले उत्पादन गर्ने औषधि आयातमा निरुत्साहित गर्नुपर्ने बताए । उनले भने “सरकारी स्तरबाट खरिद गर्ने औषधि नेपाली भएसम्म विदेशी खरिद नगरौं ।”

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले औषधि उद्योगलाई दिगो बनाउन चुनौति रहेको बताए । उनले औषधि उद्योगलाई दिगो बनाउनका लागि नीति भन्दा पनि नियत खराब रहेकोले फस्टाउन समस्या रहेको बताए ।

आयुर्वेद औषधि उत्पादक संघका अध्यक्ष सुमन पाण्डेले गुणस्तरमा हामी कहि पनि कमजोर नभएको भन्दै निर्यात कसरी गर्न सकिन्छ भन्नेमा ध्यान रहेको बताए ।

नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) का अध्यक्ष प्रकाशकुमार खण्डेलवाल, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, चितवन उद्योग संघका पूर्व अध्यक्ष राजु पौडेल, एफिनका अध्यक्ष पदम खड्का, नेपाल केमिकल एण्ड मेडिकल सप्लायर्सका भक्त हमाल लगायतले कार्यक्रममा बोलेका थिए ।

नेपाल फर्मास्युटिकल एसोसिसनका अध्यक्ष ललित मोहन पन्थले मन्त्रालयले सहजिकरण गरे उद्योग फस्टाउने बताए । उनले औषधि ऐनलाई परिवर्तन गरेर हुन्छ कि के गरेर हुन्छ त्यो परिवर्तन गरेर गुणस्तरलाई ध्यान दिनुपर्ने बताए । नेपालको औषधि गुणस्तरीय रहेकोले बाहिर मुलुकलाई निर्यात गर्न आफू तयार रहेको उनको भनाई छ ।

कार्यक्रमका एक्स्पो संयोजक प्रभात रुङ्गटाले स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो ।
संघले चितवनमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा आजदेखि २७ गतेसम्म ‘नवौं नेपाल फर्मा एक्स्पो–२०२४’ को आयोजना गरेको हो ।

एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब (प्रयोगशाला), कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल पनि राखिएको छ । एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाईएको छ ।

Tags: #government of NepalDr.bikash devkotaNepal pharma Expo 2024Nepal pharmaceutical Association
Nisarga hospital Dhangadhi
Previous Post

निसर्ग हस्पिटलमा डेन्टल बिभागको उद्घाटन, फागुन ३० सम्म निशुल्क ओ.पि.डि सेवा

Next Post

वीर अस्पतालमा डिप ब्रेन स्टुम्युलेसन उपचार विधि प्रयोगमा ल्याइँदै

Related articles

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै
News

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै

18 hours ago
779
विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली
News

विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली

1 day ago
780
जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर
News

जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर

2 days ago
860
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई ९० दिनको लागि रोजगारीको अवसर

2 days ago
800
नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. अजय शाह निर्वाचित
News

नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. अजय शाह निर्वाचित

2 days ago
835
स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारबाट सात जना नगद सहित सम्मानित
News

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारबाट सात जना नगद सहित सम्मानित

3 days ago
824
Next Post
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते

वीर अस्पतालमा डिप ब्रेन स्टुम्युलेसन उपचार विधि प्रयोगमा ल्याइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,053)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.