Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २२
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

जलवायु परिवर्तन अनुसारका रोगहरुमा काम लाग्ने औषधि उत्पादन गर्नपर्छ’ डा. देवकोटा

Nam Raj Bhatta by Nam Raj Bhatta
March 8, 2024
in News
Reading Time: 1 min read
A A
0
जलवायु परिवर्तन अनुसारका रोगहरुमा काम लाग्ने औषधि उत्पादन गर्नपर्छ’ डा. देवकोटा
591
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

चितवन, २५ फागुन २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाले औषधिमा आत्मनिर्भर हुँदै गर्दा नेपालको भूगोल, परिवेश, हावापानीमा हुने रोगहरुलाई काम लाग्ने औषधि उत्पादन गर्नुपर्ने बताएका छन् ।

नेपाल औषधि उत्पादक संघ (एपोन) ले भरतपुरमा आयोजना गरेको ‘नवौं फर्मा एक्स्पो २०२४’ को उद्घाटन गर्दै उनले एउटै औषधि धेरै कम्पनीले उत्पादन गर्न नहुने बताएका हुन् ।

नेपालमा के–के रोगहरु छन्, कस्ता औषधिको माग छ भन्ने कुरा अनुसन्धान गरेर औषधि उत्पादन गर्नुपर्ने उनको जोड थियो । नेपाली औषधि उद्योगको बजारीकरणको परम्परालाई पनि परिवर्तन गर्नुपर्ने उनको सुझाव छ । उनले भने “प्रतिष्ठित उद्योगलाई हानिनोक्सानी नहुने गरी मार्केटिङ कल्चरलाई व्यवस्थित गरेर, चुहावट रोकेर लगानी उत्पादनमा बढाउनु पर्छ ।” यसो गरिएमा मूल्य समायोजनमा ध्यान दिन सकिने डा. देवकोटाको भनाई छ ।

उत्पादनमा, नियमनमा र प्रेस्किप्सनमा नियति भएको भन्दै डा. देवकोटाले भने “नीतिको नियतीको जिम्मा हाम्रो हो । चिकित्सक प्रेस्किप्सनको नियति, औषधि व्यवस्था विभाग लगायत नियमनमा नियति र उत्पादनमा पनि नियति छ, यो हेर्नुपर्छ ।”

सरकार र निजी क्षेत्रबीच खाडल रहेको भन्दै उनले खाडल छैन भनेर सकारात्मक रुपमा बुझ्नु आग्रह गरे । औषधि ऐन नयाँ ल्याउन थालिएको भन्दै उनले एक्स्पो जस्ता फोरमबाट छलफल गरेर केही निकास निकाल्नुपर्छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एक्स्पोले हाम्रो औषधि उत्पादनको क्षमता प्रदर्शन गरेको बताए । हाम्रो नियत सफा भईरहनु पर्ने बताउँदै उनले भने “चिकित्सकले विरामीलाई कुन औषधि लेख्नुहुन्छ । त्यहाँबाट नियत प्रष्ट हुन्छ ।”

व्यापार प्रतिस्पर्धा पनि भएको भन्दै उनले प्रतिस्पर्धाविना विकास हुन नसक्ने बताए । उनले भने “सरकार र निजी क्षेत्र दुवै ले प्रतिस्पर्धा चाहन्छन् ।” उनले नेपाली औषधिले काम गर्दै भन्ने सुन्न नपर्ने गरी काम गर्न आग्रह गरे ।
सरकारले कुनै नकुनै किसिमले औषधि उद्योगलाई सहयोग गरिरहेको उनको भनाई थियो ।

जाम्बियाका मेडिसिन रेगुलेटरी अथोरोटीका डाईरेक्टर माकोमानी सियान्गाले कार्यक्रमले नेपाल र लाम्बियाबीच सम्बन्ध जोडको भन्दै आफूहरु नेपालको औषधिसँग सहकार्य गर्न तयार रहेको बताए । ज्ञान, सीप आदानप्रदान गरेर औषधि क्षेत्रमा काम गर्न सकिने उनको भनाई छ ।

एपोनका निवर्तमान अध्यक्ष प्रज्वलजंग पाण्डले औषधिका आधारभूत कुरामा अल्झन भन्दा विश्व बजारमा कसरी पुर्याउन सकिन्छ भन्ने बारे छलफल गर्नुपर्ने बताए । उनले नेपाली औषधि उद्योगमा उच्चस्तरको जनशक्ति समेत तयार भएको बताए ।

एपोनका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले खुल्ला अर्थबजारमा मूल्य नियन्त्रित नहुने भन्दै नेपालको खुल्ला बजारमा औषधिलाई नियन्त्रणमा राख्न नहुने बताए । उनले मूल्य बजारले नै निर्धारण गर्ने जनाए ।

कार्यक्रमका अध्यक्ष एवं एपोनका अध्यक्ष महेश प्रधानले नेपालको औषधि अरु देशको भन्दा कम भएको भन्दै प्रश्न गरे “एउटी उपकरण, एउटै कच्चा पदार्थ, त्यही विज्ञ समूहले बनाएको औषधि कसरी कमजोरी हुन्छ ?”

अहिलेको परिस्थितिमा सबै उद्योगहरु अप्ठ्यारोमा परेको भन्दै उनले संयमता अपनाउनु पर्ने समय रहेको बताए । उनले नेपालमै पाँच वटा उद्योगले उत्पादन गर्ने औषधि आयातमा निरुत्साहित गर्नुपर्ने बताए । उनले भने “सरकारी स्तरबाट खरिद गर्ने औषधि नेपाली भएसम्म विदेशी खरिद नगरौं ।”

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले औषधि उद्योगलाई दिगो बनाउन चुनौति रहेको बताए । उनले औषधि उद्योगलाई दिगो बनाउनका लागि नीति भन्दा पनि नियत खराब रहेकोले फस्टाउन समस्या रहेको बताए ।

आयुर्वेद औषधि उत्पादक संघका अध्यक्ष सुमन पाण्डेले गुणस्तरमा हामी कहि पनि कमजोर नभएको भन्दै निर्यात कसरी गर्न सकिन्छ भन्नेमा ध्यान रहेको बताए ।

नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) का अध्यक्ष प्रकाशकुमार खण्डेलवाल, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, चितवन उद्योग संघका पूर्व अध्यक्ष राजु पौडेल, एफिनका अध्यक्ष पदम खड्का, नेपाल केमिकल एण्ड मेडिकल सप्लायर्सका भक्त हमाल लगायतले कार्यक्रममा बोलेका थिए ।

नेपाल फर्मास्युटिकल एसोसिसनका अध्यक्ष ललित मोहन पन्थले मन्त्रालयले सहजिकरण गरे उद्योग फस्टाउने बताए । उनले औषधि ऐनलाई परिवर्तन गरेर हुन्छ कि के गरेर हुन्छ त्यो परिवर्तन गरेर गुणस्तरलाई ध्यान दिनुपर्ने बताए । नेपालको औषधि गुणस्तरीय रहेकोले बाहिर मुलुकलाई निर्यात गर्न आफू तयार रहेको उनको भनाई छ ।

कार्यक्रमका एक्स्पो संयोजक प्रभात रुङ्गटाले स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो ।
संघले चितवनमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा आजदेखि २७ गतेसम्म ‘नवौं नेपाल फर्मा एक्स्पो–२०२४’ को आयोजना गरेको हो ।

एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब (प्रयोगशाला), कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल पनि राखिएको छ । एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाईएको छ ।

Tags: #government of NepalDr.bikash devkotaNepal pharma Expo 2024Nepal pharmaceutical Association
SummarizeShare239ScanTweet147

Related articles

भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग

by Nam Raj Bhatta
September 4, 2026
0

रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग

बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग

by Nam Raj Bhatta
September 4, 2026
0

बाढीपहिरो प्रभावित क्षेत्रका बासिन्दाको उद्धार, राहत तथा उपचारका लागि बानेश्वरस्थित एभरेष्ट हस्पिटल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख ३४ हजार ५ सय ८७ रुपैयाँ सहयोग प्रदान...

प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

प्रसूति गृहको ६७औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम नहुने

by Nam Raj Bhatta
September 3, 2026
0

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्नो ६७औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने सम्पूर्ण औपचारिक कार्यक्रमहरू नहुने भएको छ। अस्पताल प्रशासनले एक सूचना जारी गर्दै रसुवा जिल्लाको भोटेकोशी नदीमा गत...

यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग

यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग

by Nam Raj Bhatta
September 3, 2026
0

औषधि व्यवसायमार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल औषधि व्यवसायी एवं उद्यमी प्रभुराज वैद्यले  भोटेकोशी बाढी प्रभावितका लागि ५५ लाख रुपैयाँ सहयोग गरेका छन्। यति केम डिस्ट्रीब्युटर्सका कार्यकारी निर्देशक...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    862 shares
    Share 345 Tweet 216
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    703 shares
    Share 281 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    690 shares
    Share 297 Tweet 164
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग
  • बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग
  • प्रसूति गृहको ६७औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम नहुने
  • यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग
  • शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.