काठमाडौं, ०३ भाद्र २०८२
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अन्कोलोजिस्ट डा. अरुण शाहीले अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस एन्ड आउटरिच’ अवार्ड प्राप्त गरेका छन्।
मेडिकल अन्कोलोजी सोसाइटी इन बंगलादेश (एमओएसबी) द्वारा ढाकामा आयोजित बेस्ट अफ एस्को एन्ड एमओएसबी कंग्रेस २०२५ (सेप्टेम्बर १८–१९) मा डा. शाहीलाई प्रदान गरिएको हो।
यो सम्मान डा. शाहीलाई उनको नेतृत्व क्षमता र उपचारमा रहेको समर्पणका लागि दिइएको हो। उनले देशभित्र मात्रै होइन, बाहिर समेत पुगेर उपचारमा समानता र सहज क्यान्सर उपचार सेवा विस्तारमा पुर्याएको योगदानको कदरस्वरूप दिइएको आयोजक संस्थाले जनाएको छ।
ढाकास्थित नेशनल इन्सिच्युट अफ क्यान्सर रिसर्च एन्ड हस्पिटलबाट डा. शाहीले मेडिकल अन्कोलोजीमा स्नातकोत्तर गरेका हुन्। डा. शाहीले नेपालमा क्यान्सर उपचार सेवा रुपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। उनले विशेषगरी उपचारमा समान पहुँच, बिरामी–केन्द्रित सेवा र प्रभावकारी आएटरित कार्यक्रममा उल्लेखनीय भूमिका खेलेका छन्।
कार्यक्रममा मुख्य अथिति सार्क फेडरेशन अफ अन्कोलोजीका प्याट्रन प्राध्यापक एम ए हाई, एमओएसबी महासचिव एसोसिएट प्राडा एमडी. रफिकुल इस्लाम र अध्यक्ष प्राडा. परविन शाहिदा अख्तरले डा. शाहीलाई सम्मान गर्दै, नेपाल र बंगलादेशबीचको चिकित्सा क्षेत्रमा बढ्दो सहकार्यको उच्च प्रशंसा गरे।