काठमाडौं, ०८ माघ २०८२
टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मन्त्री स्तरिय निर्णय गर्दै सरुवा रोग अस्पतालको निर्देशकको जिम्मेवारी दिएकी हुन्।
ट्रपिकल मेडिसिनका विज्ञ चिकित्सक डा. बास्तोला यसअघि केही समय उक्त अस्पतालको निर्देशकको जिम्मेवारीमा थिए। हाल डा.बास्तोला स्वास्थ्य मन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकारका रूपमा कार्यरत थिए।
अस्पतालका पूर्व निर्देशक डा. युवा निधि बसौला गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त भएपछि मन्त्रालयले डा. वास्तोलालाई निर्देशकको जिम्मेवारी दिएको हो।











