काठमाडौं, २१ पुस २०७८

मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त भएका छन्।
स्वास्थ्य मन्त्री विरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गरी डा. अधिकारीलाई निर्देशकको जिम्मेवारी दिएका हुन्।
डा. अधिकारी मानसिक अस्पताल पाटनका प्रमुख कन्सल्ट्यान्ट साइक्याट्रिक्स (एघारौं तह) थिए। मानसिक अस्पतालका यस अघिका निर्देशक डा. मोहनराज श्रेष्ठले तीन हप्ताअघि अवकाश पाएपछि डा. अधिकारीलाई निर्देशकमा नियुक्त गरिएको हो।