काठमाडौं, २१ मंसिर २०८१
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को फ्याकल्टी डक्टर्स एसोसिएशन (एफडिए) मा नयाँ कार्यसमिति चयन भएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को फ्याकल्टी डक्टर्स एसोसिएशन (एफडिए) को अध्यक्षमा डा. ध्रुव गैरे चयन भएका छन् । यस्तै उपाध्यक्षमा डा. समिर पौडेल र डा. दिपक दत्त चयन भएका छन्।
एसोसिएसनको महासचिवमा डा. कुन्जाङ शेर्पा, कोषाध्यक्षमा डा. प्रमोद कुमार यादव, सहसचिवमा डा. दिपक मल्ल र सहकोषाध्यक्षमा डा. राकेश स्थापित चयन भएका छन्।
यस्तैगरी सदस्यहरुमा डा. निरज बनेपाली, डा. विकास जैसी, डा. अपार लामिछाने, डा. ऋषिकान्त अर्याल, डा. विनायक गौतम, डा. उमेश बोगटी, डा. राजेन्द्र चौधरी र डा. इन्द्र कुमार झा रहेका छन्।