धौलागिरी प्रादेशिक अस्पतालमा हालै एक अत्यन्तै जटिल शल्य चिकित्सकिय केस सफलतापूर्वक सम्पन्न भएको छ।
जसले अस्पतालको आपतकालीन सेवा र सर्जिकल टिमको उच्च दक्षता पुनः प्रमाणित गरेको छ। एक युवकमा आन्द्रा को अल्सर फुटेर पेटमा मात्र नभई पूरै शरीरमा संक्रमण फैलिएको गम्भीर अवस्था – हलो भिस्कस पर्फोरेसन पेरिटोनाइटिस (Hollow Viscus Perforation Peritonitis) देखिएको थियो, जसले गर्दा उसको जीवन नै जोखिममा परेको थियो।
यस्तो संवेदनशील अवस्थामा तुरुन्तै निर्णय गर्दै बिरामीलाई मध्यरातमा नै आपतकालीन मोडिफाइड ग्राहम्स प्याच रिपेयर (MGPR- फुटेको आन्द्रा को भाग पुनः जोड्ने शल्यचिकित्सकिय प्रविधि) शल्यक्रिया गरिएको छ।
शल्यक्रिया अत्यन्त सावधानीपूर्वक र उच्च पेशेवर दक्षताका साथ सम्पन्न गरियो, जसले बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेलेको छ। सर्जिकल टोली, एनेस्थेसिया टोली, नर्सिङ स्टाफ तथा सम्पूर्ण सहयोगी कर्मचारीले उत्कृष्ट तत्परता, प्रतिबद्धता र टोलीकार्य प्रदर्शन गरी यो चुनौतीपूर्ण केसलाई सफलतापूर्वक व्यवस्थापन गरेका छन्। विशेष गरी आपतकालीन अवस्थामा देखाइएको उच्च स्तरीय
क्लिनिकल निर्णय क्षमता र प्रभावकारी टोलीकार्य अत्यन्त प्रशंसनीय रहेको छ। हाल बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ र बिरामी सघन उपचार कक्ष (ICU) बाट साधारण वार्डमा स्थानान्तरण भइसकेको छ। धौलागिरी प्रादेशिक अस्पताल आपत्कालीन स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउँदै जनस्वास्थ्य सेवाप्रति प्रतिबद्ध रहने छ ।







