बागलुङ, १५ माघ २०८२
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य क्षेत्रमा धौलागिरि प्रादेशिक अस्पताल बाग्लुङले फड्को मारेको बताउनुभयो ।
डा. सुधाले गण्डकी प्रदेशमै नविनतम मोडलमा धौलागिरी अस्पताल चलेको स्थलगत निरिक्षणका क्रममा पाइएको बताउनुभयो । गण्डकी प्रदेश सकारले स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गरेको बताउदै सङ्घीय सरकारले सघाउने बताउनुभयो ।
धौलागिरी प्रादेशिक अस्पतालको अवलोकनपछि मन्त्री डा. गौतमले अस्पतालले ल्याएका नयाँ काम र सोच अन्य अस्पतालमा समेत लागू गर्नुपर्ने बताउदै मनोरोगको चिकित्सक पठाउन पहल गर्ने बताउनुभयो ।
मनोरोग तथा छाला रोग विशेषज्ञ चिकित्सकलाई बागलुङ पठाउन सहयोग गर्ने र धौलागिरी अस्पतालमा नर्सिङ कलेज स्थापनाका लागि समितिमा छलफल अगाढी बढाउने स्वास्थ्यमन्त्री डा. गौतमले प्रतिवद्धता जनाउनुभएको थियो । मन्त्री गौतमले अस्पतालको इमरजेन्सी, आइसियुदेखि बालरोग वार्ड सम्मको अवलोकन गराउनुभएको थियो ।
मन्त्री डा. शर्मा गौतमले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनका लागि अहिलेको सरकारले निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो ।
सरकारी स्वास्थ्य संस्थाहरुमा पर्याप्त औषधी, जनशक्ति र उपकरणको व्यवस्थापन हुनुपर्नेमा जोड दिँदै डा. गौतमले नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाका पुर्याउनका लागि विभिन्न नीति र योजना बनाउनुनपर्नेमा दिनुभयो ।
सो अवसरमा बाग्लुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, धौलागिरी प्रदेश अस्पताल बागलुङका अध्यक्ष श्री प्रसाद शर्मा, अस्पतालका प्रमुख डा. किरण तिवारीले अस्पतालको जनशक्ति, उपकरण, लगायतका समस्याको विषयमा जानकारी दिनु भएको थियो।













