राजधानीको भृकुटीमण्डपमा यही चैत २६ गते देखि अन्तर्राष्ट्रिय दन्त सामग्रीहरुको प्रदर्शनी हुने भएको छ ।
नेपाल दन्त सामग्री वितरकहरुको संघ (नेपडेण्ट)ले काठमाडौंमा पत्रकार सम्मेलन गरी यही चैत्र २६ गतेदेखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सो प्रदर्शनी गर्न लागिएको जानकारी गराएको हो ।
३ दिनसम्म चल्ने प्रदर्शनीमा ५ हजार भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा गरिएको संघका अध्यक्ष सुनिल बराईलीले बताएका छन।
बराइलीले भने,‘ यो हाम्रो ३ दिनको प्रोग्राम हो । हामीले फाईभ थाउजेन्ड भन्दा बढी डेन्टिष्टहरु भित्रिने अनुमान गरेका छौँ । स्टल १०३ वटा रहनेछ । यो चैत्र २६ देखि २८ गतेसम्म चल्दैछ ।’
नेपाल दन्त सामग्री बितरक संघका सयोजक सालिक राम अर्यालले सो प्रदर्शनीमा १०३ वटा स्टल रहने बताउनुभयो । दन्तसम्बन्धि हालसम्म विश्वका उत्पादन भएका नयाँनयाँ उपकरणहरु पनि सो प्रदर्शनीमा राखिने दाबी गरिएको छ । अर्यालले प्रदर्शनी सो क्षेत्रका विज्ञ र व्यवसायीहरुका लागि अति उपयोगी हुने बताए।







