दैलेख, १२ असार २०८२
कर्णाली प्रदेशको दुर्गम जिल्ला दैलेख अस्पतालमा पहिलोपटक फिजिसियन सेवा सुरु भएको छ।
काठमाडौंको वीर अस्पताल (Nams) बाट जनरल फिजिसियन विशेषज्ञ सेवा हासिल गरेका डा. सरोज धरेललाई एक कार्यक्रम बिच भव्य स्वागत गरेको छ।
कार्यक्रममा कार्यालय प्रमुख डा. मनोज विश्वकर्मा, अस्पताल बिकास समितिका अध्यक्ष क्षेत्र प्रताप सुबेदी, अस्पतालका सदस्य भरत चन्द र अस्पतालका सम्पुर्ण कर्मचारीले डा. धरेललाई स्वागत गरेको अस्पतालका व्यवस्थापक भक्त बहादुर शाहीले जानकारी दिनुभयो।