विश्वमा कोरोना भाइरस (कोभीड—१९) बाट संक्रमित हुनेको संख्या ५५२,९४३ पुगेको छ । यसमध्ये २५,०४५ जनाले ज्यान गुमाइसकेका छन् भने निको भएर घर फर्कनेहरुको संख्या १२८,७०६ पुगेको छ ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका १९८ देशमा फैलिसकेको छ । हाम्रो देश नेपालमा पनि बाहिरबाट संक्रमित भएर आएका ४ जनामा कोरोनोको संक्रमण देखिएको छ । कोराना संक्रमण पहिचान भएका पहिलो व्यक्ति निको भएर घर फर्किसकेका छन् । अन्य ३ जनाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
विभिन्न तथ्यांक निकाल्ने संस्था वल्र्डओ मिटर्स डट इन्फोले हामीले यो रिपोर्ट तयार पार्दासम्म अपडेट गरेको तथ्यांकले ५५२,९४३ कोरोना संक्रमितमध्ये २५,०४५ को ज्यान गएको र १२८,७०६ निको भएर घर फर्किएको देखाएको छ।
CMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित
नेपालमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग (MHPSS) मा पुर्याएको योगदान र भोटेकोशी बाढी प्रभावित समुदायहरूका लागि गरेको कार्यको कदरस्वरूप विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा CMC-NEPAL लाई...







