काठमाडौं, ११ साउन २०८१
पछिल्लो एक साता यता ललितपुर र कैलालीमा गरी कुल १० जनामा हैजाको संक्रमण देखिएको छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको विवरण उल्लेख गर्दै कुल १० जनामा संक्रमण पुष्टि भएको जनाएको छ।
आज थप ललितपुरमा तीन जना र कैलालीमा एक जना नयाँ संक्रमित फेला परेका छन् । हिजोसम्म ललितपुरमा चार र कैलालीमा दुई जनामा हैजाको संक्रमण देखिएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाकाका निर्देशक डा. यदुचन्द्र घिमिरेले जानकारी दिनुभयो।
डा. घिमिरेले कैलालीका संक्रमितको सेती अस्पताल र ललितपुरका संक्रमितहरुको टेकु तथा पाटन अस्पतालमा उपचार भइरहेको बताए ।
अहिले इडिसिडीको टोलीले, प्रदेश, जिल्ला र स्थानीय पालिकासंग समन्वय गरेर थप खोजपडताल, संक्रमितको उपचार र संक्रमणको स्रोत पत्ता लगाउने काम गरिरहेको जनाएको छ ।
गर्मी तथा वर्षाद लागेसंगै देशमा बर्षेनी हैजाको संक्रमण देखा पर्ने गरेको छ ।