आज मिति : २०८२ भाद्र २७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

रोग प्रतिरोधक क्षमता बढाउन बालबालिकालाई स्वर्णप्रासन थोपा खुवाइँदै

Nam Raj Bhatta by Nam Raj Bhatta
August 20, 2025
in News
A A
0
Health ministry

Health ministry

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ०४ भाद्र २०८२

सरकारले बालबालिकाको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने उद्देश्यले आयुर्वेदिक पद्धतिअनुसार तयार गरिएको ‘स्वर्णप्रासन’ कार्यक्रम सुरु गरेको छ ।

पहिलो चरणमा ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई स्वर्णप्रासन थोपा खुवाइनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसका लागि विशेष निर्देशिका स्वीकृत गरिसकेको छ । आयुर्वेद तथा वैकल्पिक सेवा विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार पहिलो चरणमा २५ वटा स्वास्थ्य संस्थामार्फत कार्यक्रम सुरु हुनेछ ।

विभागले यसका लागि करिब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी वर्षमा आयुर्वेद स्वास्थ्य संस्था भएका सबै स्थानी तहमा विस्तार गरिने मन्त्रालयले जनाएको छ  । ‘स्वास्थ्य संस्थालाई न्यूनतम ३ लाखदेखि अधिकतम ५ लाख रुपैयाँसम्म बजेट उपलब्ध गराउने निर्णय भएको छ,’ डा. यादबले भने।

डा. श्यामबाबु यादवका अनुसार, स्वर्णप्रासन भनेको स्वर्ण भस्म, मह र घिउ मिलाएर शास्त्रीय विधिअनुसार तयार गरिएको विशेष औषधि हो । यो ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दिइन्छ

‘यसले बच्चाको शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रोगविरुद्ध लड्ने क्षमता विकास गर्न सहयोग पुर्‍याउँछ,’ उनले भने । हाल स्वदेशी उद्योगले उत्पादन नगरेका कारण सुरुमा भारतबाट आयातित स्वर्ण भष्म प्रयोग गरिने भएको छ । ५ भदौदेखि कार्यक्रम सञ्चालन हुने तयारी भइरहेको छ ।

नेपालमा प्रारम्भिक परीक्षण कार्यक्रम दाङ, भरतपुर (चितवन) र वीरगञ्जमा सम्पन्न भइसकेको छ । डा. यादवका अनुसार परीक्षणमा स्वर्णप्रासन खुवाएको बच्चाहरू शारीरिक र मानसिक रूपमा राम्रो विकास भएका देखिएका छन् । यसका साथै छिमेकी राष्ट्रहरूमा पनि यसको प्रयोग भइरहेको छ ।

डा. यादवले हजारौँ वर्ष पुरानो आयुर्वेदिक परम्परालाई निरन्तरता दिँदै बच्चाहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने देखिएको बताए।

के हो स्वर्णविन्दु प्रासन ?

आयुर्वेदको मुल ग्रन्थ काश्यप संहिताअनुसार, स्वर्ण भष्मलाई घ्यु र महमा मिसाएर बनेको लेहलाई थोपा स्वरूप सेवन गराइने विधिलाई स्वर्णविन्दु प्रासन भनिन्छ ।

यसले बालबालिकाको शारीरिक, मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढाउने मान्यता छ । गत १ भदौमा मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट निर्देशिका स्वीकृत गरेको हो ।

निर्देशिकाले कार्यक्रमलाई सुरक्षित, सरसफाइयुक्त र गुणस्तरीय ढंगले सञ्चालन गर्ने उद्देश्य लिएको छ । यससँगै मातृ शिशु स्वास्थ्य प्रवर्द्धनलाई पनि जोडिएको छ ।

पहिलो चरणमा लागु हुने स्थानहरू :

 पहिलो चरणमा

१.  प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरी दाङ

२. त्रिवि आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुर

३. आयुर्वेद चिकित्सालय, नरदेवी

४. राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र, बुढानीलकण्ठ

५. प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढी, सुदुरपश्चिम प्रदेश

६. प्रादेशिक आयुर्वेद चिकित्सालय, लखनपुर, झापा, कोशी प्रदेश

७. प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,पर्सा, मधेश प्रदेश

८. प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,धनुषा, मधेश प्रदेश

९. प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, सर्लाही, मधेश प्रदेश

१०. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौं, बागमती प्रदेश

११. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुर, बागमती प्रदेश

१२. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भक्तपुर, बागमती प्रदेश

१३. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन बागमती प्रदेश

१४. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट, बागमती प्रदेश

१५. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुर,  बागमती प्रदेश

१६.  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मोरङ, कोशी प्रदेश

१७. गण्डकी आयुर्वेद अस्पताल, पोखरा, गण्डकी प्रदेश

१८. धौलागिरि आयुर्वेद अस्पताल, बागलुङ, गण्डकी प्रदेश

१९. प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तनहुँ, गण्डकी प्रदेश

२०. लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवल, लुम्बिनी प्रदेश

२२. राप्ती आयुर्वेद चिकित्सालय, दाङ, लुम्बिनी प्रदेश

२३. बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र, गुलरिया, लुम्बिनी प्रदेश

२४. प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेत, कर्णाली प्रदेश

२५. आयुर्वेद स्वास्थ्य केन्द्र, दैलेख, कर्णाली प्रदेश।

Tags: #government of Nepal#Health and population ministryAayurvedDr. Shyam babu yadav
Nisarga hospital Dhangadhi
Previous Post

विशेषज्ञ आयुर्वेद चिकित्सक समाजको अध्यक्षमा डा. पुनेश्वर केशरी

Next Post

प्रादेशिक अस्पताल सुर्खेतकाे निर्देशकमा डा. गणेश थापा नियुक्त

Related articles

कीर्तिपुर अस्पतालमा जेनजी आन्दोलनमा आगोमा जलेकी झलनाथ खनाल पत्नीसहित २५ जना घाइतेको उपचार हुँदै
News

कीर्तिपुर अस्पतालमा जेनजी आन्दोलनमा आगोमा जलेकी झलनाथ खनाल पत्नीसहित २५ जना घाइतेको उपचार हुँदै

6 hours ago
780
स्वास्थ्य मन्त्रालय जलेर पूर्ण रुपमा क्षति
News

स्वास्थ्य मन्त्रालय जलेर पूर्ण रुपमा क्षति

2 days ago
808
राष्ट्रिय ट्रमा सेन्टरमा दुरबिन प्रविधि बाट मेरुदण्डको शल्यक्रिया
News

आन्दोलनका घाइतेको ज्यान बचाउन सबै उपचार निःशुल्क, ट्रमा सेन्टरमा ६० घाइतेको उपचार हुँदै

2 days ago
780
स्वास्थ्य क्षेत्र सुधार गर्नको लागि ‘नेपाल हेल्थ समिट’ गर्ने सरकारको निर्णय
News

स्वास्थ्य मन्त्री पौडेलले दिए राजीनामा

3 days ago
778
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. ढकाल नियुक्त
News

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. ढकाल नियुक्त

3 days ago
794
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते
News

वीर अस्पतालमा घाइतेको लागि थप आईसीयू तयारी अवस्थामा

3 days ago
778
Next Post
प्रादेशिक अस्पताल सुर्खेतकाे निर्देशकमा डा. गणेश थापा नियुक्त

प्रादेशिक अस्पताल सुर्खेतकाे निर्देशकमा डा. गणेश थापा नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Budhanilkantha Nagarpalika Haija Awareness
Budhanilkantha Nagarpalika Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,237)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.