नमराज भट्ट, पोखरा, ०५ असार २०७८
गण्डकी प्रदेशको पोखरास्थित चरक मेमोरियल हस्पिटलले अत्याधुनिक स्तरको क्याथ ल्याब सेवा शुरु गर्ने भएकाे छ ।
यही असार ६ गतेबाट हस्पिटलले क्याथ ल्याब सेवा सुरु गर्न लागेको हो। साे सेवा शुरू भएपछि चरकले एन्जियोग्राफी, पीटीसीए, स्टेन्टिङ, पेसमेकर प्रत्यारोपण सहित मुटुरोग सम्बन्धी सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्नेछ ।
हस्पिटलले निकट भविश्यमा बाइपास सर्जरी सेवासमेत सुरु गर्ने तयारी गरेको हस्पिटलका अध्यक्ष एवं वरिष्ठ फिजिसियन डा. बद्री पौडेलले जानकारी दिनुभयो ।
डा. पौडेलका अनुसार अस्पतालमा हाल आईसीयू १७ वटा, भेन्टिलेटर ८ वटा छन् । चौबीसै घण्टा बिरामीको लागि आवश्यक अक्सिजन सप्लाई सुविधा छ । डाक्टर तथा नर्सको प्रत्यक्ष निगरानी उपचार सुविधा रहेको अस्पतालमा बिरामीका आफन्त नभए पनि दैनिक रुपमा घरपरिवारका सदस्यलाई रिपोर्टसमेत उपलब्ध गराइन्छ ।
आईसीयू, एनआईसीयू, सीटी स्क्यान, सीटी एनजीओ, क्याथ ल्याब, आधुनिक मोडलुर ओटी लगायत आधुनिक प्रविधिमा आधारित रही सहुलियत दरमै सबै प्रकारका उपचार सुविधा दिइरहेको डा. पौडेलले बताए।