काठमाडौं, १८ भाद्र २०८२
नुवाकोटमा बृहत नि-शुल्क स्वास्थ्य परीक्षण हुने भएको छ।
स्वास्थ्य शिविरमा परीक्षण,परामर्श, पाठेघर मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक परीक्षण PAP Smear साथै नि-शुल्क औषधि वितरण गरिने भएको हो।
जिल्लाको बिदुर नगरपालिका अवस्थित विभिन्न स्थान हरुमा यहि भाद्र महिनाको २०,२६ र २७ गते नि-शुल्क स्वास्थ्य शिविरको आयोजना हुनेभएको छ।
सामाजिक संस्था भेन्छेन फुन्छोकको प्रमुख सहकार्यमा हुन लागेको उक्त शिविरमा स्वयम्भु स्थित मनमोहन मेमोरिअल अस्पतालका बरिष्ठ चिकित्सक डा. मनोर दिन सैयद (स्त्री तथा प्रसुती) को नेतृत्त्वमा ६ जना स्वास्थ्यकर्मीहरुको टोलि रहने अस्पतालका कार्यकारी निर्देशक डा. एन शर्माले जानकारी दिनुभएको छ।
देशका अधिकांश बिकट स्थानहरुमा स्वास्थ्य र समाजसेवा गरि चर्चामा आउन सफल चिकित्सक डा. सैयदले उक्त शिविरबाट लाभान्वित हुन पालिकाबासिहरुलाई हार्दिक आव्हान गर्नु भएको छ ।