Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

क्यान्सर पीडित बालबालिकाले चार अस्पतालबाट निशुल्क औषधि पाउने

Nam Raj Bhatta by Nam Raj Bhatta
February 20, 2025
in News
Reading Time: 1 min read
A A
0
क्यान्सर पीडित बालबालिकाले चार अस्पतालबाट निशुल्क औषधि पाउने
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ८ फागुन २०८१

क्यान्सर पीडित बालबालिकाहरुले चार अस्पतालबाट  सर्वसुलभ रुपमा निःशुल्क औषधि पाउने भएका छन् ।

बिहीबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर पीडित बालबालिकाहरुले सर्वसुलभ रुपमा निःशुल्क औषधि पाउने बताएका हुन् । पौडेलले क्यान्सर पीडित बालबालिकाको निःशुल्क उपचारको अभियान तीन महिनादेखि कार्यान्वयन भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायत संस्थाहरुले औषधि उपलब्ध गराएपछि थप सहज भएको बताए । उनले औषधिको वितरण मन्त्रालयको समन्वयमा स्वचालित प्रणालीबाट व्यवपस्थित गरिने बताए ।

काठमाडौंको कान्ति बाल अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र चितवनको बिपी कोईराला क्यान्सर अस्पतालबाट निःशुल्क औषधि वितरण हुने उनको भनाइ छ ।

पौडेलले भने, ‘हामीले चारवटा अस्पतालबाट बालबालिकाका लागि क्यान्सरको उपचार निःशुल्क भनेर तीन महिनादेखि नै कार्यान्वयन गर्दै आएका छौँ । यसका लागि म चारवटै अस्पताललाई हार्दिक आभार प्रकट गर्न चाहन्छु । अब हामीलाई थप सहज भएको छ । डब्लुएचओ, युनिसेफ र सेन्ट जोर्श रिसर्च सेन्टरबाट औषधि प्राप्त भएको छ, त्यसले हाम्रो अभियानलाई सहज ढंगबाट सञ्चालन र कार्यान्वयन हुन स्थिति बनेको छ ।

यो मानवीय र भावनासँग जोडिएको कुरा भएकाले यसलाई व्यवस्थित ढंगबाट लक्षित समूहसम्म पुर्याउने काम हुन्छ । त्यसैले बालबालिकाको उपचार क्यान्सरको उपचारमा मात्रै होइन अन्यत्र पनि राज्यले सहयोग पुर्याउने गरी प्रावधानको प्रवन्ध गरिनु पर्छ भनेर भनिरहेका छौँ । त्यसैले कति सक्छौँ अरु पक्षहरुबाट पनि कोसिस गरिरहेका छौँ ।

अहिले यी चारवटा अस्पतालबाट व्यवस्थित ढंगबाट सञ्चालन गर्ने प्रक्रियामा अस्पतालका कार्याकारी निर्देशक र मन्त्रालयले समन्वय गर्ने र सहयोगी संस्थाहरुबाट निःशुल्क औषधि उपलब्ध गराउने स्थिति बन्यो भने व्यवस्थित हिसाबले कार्यान्वयन गर्ने अवस्था हुन्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव हरिप्रसाद मैनालीले औषधि आवश्यकताका आधारमा सर्वसुलभ रुपमा वितरण गर्ने व्यवस्था मिलाउने बताए । उनले भनसुनको भरमा औषधि वितरण गर्ने नभइ सिस्सटमको आधारमा सेवा प्रवाह हुने बताए ।

मौनालीले सहयोगी संस्थाले पाँच वर्षका लागि निःशुल्क औषधिको व्यवस्था गर्ने भएकाले दीगोपनका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘अब हामीलाई केही जिम्बेबारी पनि थपिएको छ । यसको गुण मेन्टेन गर्ने, डिस्टिब्युसन, रेकर्ड म्यानेजमेन्ट यी सबै कुराहरुमा मेडिसिनहरु छ यसलाई प्रपर रुपमा डिस्टिब्यूसन गर्ने । जो आवश्यक छ बालबालिकाहरुलाई कसैले भनसुन नगरीकन सिस्टमबाट प्रवाह हुने व्यवस्था यहाँहरुले मिलाउनु हुनेछ त्यो हाम्रो जिम्मेबारी हो ।

हामी मन्त्रालय, विभागलगायत अस्पतालहरुले यो जिम्मेबारी पूरा गर्नुपर्ने हुन्छ । त्यसैगरी अर्को महत्वपूर्ण पक्ष भनेको यसको दीगोपन पनि हो । ६ वटा राष्ट्रमध्ये नेपाल एउटा परेको छ,यो पाँच वर्षका लागि भनेको छ । त्यसपछि हामीले यसलाई कसरी सस्टेन गर्ने भन्ने विषयमा पनि हामीले अहिलेदेखिनै सोचविचार गर्नुपर्छ भन्ने मलाई लाग्छ र त्यो अनुसारको प्लानिङ पनि गछौँ ।’

ग्लोवल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन (जिपिएसिसिएम) ले आगामी पाँच वर्षका लागि ३५ प्रकारका अत्यावश्यक औषधि उपलब्ध गराउने भएको छ । संस्थाले बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधिहरुको निरन्तर आपूर्ति सुनिश्चित गर्ने र गुणस्तरीय औषधिको छनोटदेखि वितरणसम्मको प्रक्रियामा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि हस्तान्तरण गरिएको हो । नेपालले ‘ग्लोवल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधिको पहिलो चरणको औषधि प्राप्त गरेको थियो ।

बालबालिकालाई प्रयोग हुने क्यान्सरको औषधि दुई हजार तीन सयभन्दा बढी प्याक नेपाल आइपुगेको छ । विश्व स्वास्थ्य सङ्गठन नेपालस्थित कार्यालयले ‘सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’सँग समन्वय गरी औषधि खरिद गरेको हो । नेपाललाई उक्त औषधि निःशुल्क उपलब्ध गराइएको हो।

Tags: Bhaktpur cancer HospitalKanti Bal hospitalPatan hospital
SummarizeShare234ScanTweet147

Related articles

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

by Nam Raj Bhatta
August 10, 2026
0

काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ काभ्रेपलाञ्चोक भगवतीको आयोजनामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ ठाँटीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा स्थानीय बासिन्दासहित आसपासका क्षेत्रबाट आएका...

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

by Nam Raj Bhatta
August 10, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आफ्ना मेडिकल स्टाफहरूका लागि एकदिवसीय 'बेसिक लाइफ सपोर्ट' (BLS) कार्यशाला सम्पन्न गरेको छ। अस्पतालको मानव संसाधन तथा नर्सिङ विभागको संयुक्त आयोजनामा सञ्चालित...

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

by Nam Raj Bhatta
August 9, 2026
0

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त भएका छन्। शुक्रबार थापाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सरकारले फार्मेसी...

Bharatpur hospital

स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी

by Nam Raj Bhatta
August 8, 2026
0

चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बिमाबाट बिरामीलाई सेवा दिएवापत एक वर्षको अवधिमा रु एक अर्ब ५७ लाख ९७ हजार ८३२ प्राप्त गरेको छ । गत आर्थिक वर्षको छ महिना...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    839 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    698 shares
    Share 279 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा
  • ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला
  • नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
  • स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी
  • फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.