बुटवल , १५ अषाढ
रुपन्देहीमा शनिबार देखिएको सलह कीरा पहाडी क्षेत्रतिर लागेको छ । रुपन्देहीमा ठूलो सङ्ख्यामा शनिबार सलह देखिएपछि किसानहरू त्रसित बनेका थिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रुपन्देहीका प्रमुख रामप्रसाद पाण्डेका अनुसार आइतबार रुपन्देहीका कुनै पनि स्थानमा सलह देखिएको जानकारी आएको छैन । उनले भने “हामीले जिल्लाका विभिन्न स्थानीय तहका कृषि शाखाहरूसँग सम्पर्क गर्दा कुनै पनि क्षेत्रमा सलह देखिएको पाइएको छैन ।”
प्रदेश ५ कृषि निर्देशनालयले शनिबार रुपन्देहीमा भित्रिएको सलहले बालीमा कुनै पनि क्षति नगरेको जनाएको छ । निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले आकाशमा उडिरहेको सलह निकै आत्तिएको जस्तो देखिएको बताउँदै बालीमा कुनै पनि क्षति नगरी पहाडी भेगतिर लागेको बताए ।
“अहिले गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी, कपिलवस्तुलगायत जिल्लामा सलह फैलिएको जानकारी आएको छ, रुपन्देहीका कुनै पनि स्थानमा आईतबार सलह देखिएको छैन।