Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार २८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

डडेल्धुरामा बिएस्सी नर्सिङ र पब्लिक हेल्थ अध्यापनको तयारी

Nam Raj Bhatta by Nam Raj Bhatta
September 9, 2024
in News
Reading Time: 1 min read
A A
0
डडेल्धुरामा बिएस्सी नर्सिङ र पब्लिक हेल्थ अध्यापनको तयारी
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

डडेल्धुरा, २४ भाद्र २०८१

सुदुरपश्चिम प्रदेशको डडेल्धुरा मेडिकल कलेजमा अब बिएस्सी नर्सिङ र पब्लिक हेल्थको पनि अध्यापन गर्ने तयारी भएको छ।

डडेल्धुरामा बिएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापनका लागि चिकित्सा शिक्षा आयोगले सिट निर्धारण गरेको छ।

सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीले बिएस्सी नर्सिङका लागि २० र पब्लिक हेल्थको लागि २० सिट आयोगले निर्धारण गरेको जानकारी दिए। उनका अनुसार अघिल्लो वर्षदेखि अध्ययन सुरु भएको ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी अध्ययनका लागि भने १० सिट निर्धारण भएको छ।

‘बिएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापनका लागि सिट त निर्धारण भइसकेको छ,´ उनले भने, ‘तर त्यहाँ एउटा कैफियत उल्लेख छ। अर्थ मन्त्रालयले स्रोत सहमति दियो भने मात्रै अध्यापन सुरु हुने अवस्था छ ।´ उनका अनुसार अर्थबाट स्रोत सहमति प्राप्त गर्नका लागि प्रक्रिया अगाडि बढाइएको छ।

सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेको झण्डै दुई वर्षपछि पहिलोपटक ०८० साल असोजमा चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको थियो।

सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन जोशीका अनुसार डडेल्धुरा मेडिकल कलेजमार्फत पाँचवटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमति माग गरिएकोमा ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीको अध्यापन गत वर्षदेखि सुरु भएको थियो। एमबीबीएस अध्यापनका लागि भने डडेल्धुरा अस्पतालको स्तरोन्नति आवश्यक रहेको उनको भनाई छ।

‘अहिले डडेल्धुरा अस्पताल एक सय शय्याको स्वीकृत दरबन्दीअनुसार सञ्चालन भइरहेको छ,’ डिन जोशीले थपे, ‘डडेल्धुरा अस्पताल स्तरोन्नति भएर तीन सय शय्यामा सञ्चालन भएको तीन वर्षपछि मात्रै हामीले एमबीबीएसको अध्यापन अनुमति पाउनेछौँ।’

जोशीका अनुसार, मेडिकल कलेजमा एमबीबीएसको अध्यापन गराउनका लागि तीन वर्षसम्म ३ सय शय्याको अस्पताल सञ्चालन गरेको हुनुपर्छ।

Tags: Dadeldhura Medical collegeNepal nursing councilPublic Health
SummarizeShare234ScanTweet147

Related articles

क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती

क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती

by Nam Raj Bhatta
July 11, 2026
0

क्विष्ट फर्मास्यूटिकल्सले आफ्नो स्थापना कालको २५ वर्ष पूरा गर्दै रजत जयन्ती भव्यताका साथ मनाएको छ।  औषधि उद्योगलाई आत्मनिर्भर, प्रतिस्पर्धी र निर्यातमुखी बनाउन स्पष्ट सरकारी नीति, उद्योगमैत्री वातावरण तथा...

नबिल बैंकको आर्थिक सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहकार्यमा जलेका बिरामीलाई निःशुल्क उपचार

नबिल बैंकको आर्थिक सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहकार्यमा जलेका बिरामीलाई निःशुल्क उपचार

by Nam Raj Bhatta
July 10, 2026
0

नेपालमा प्रत्येक वर्ष हजारौं मानिस आगलागी तथा अन्य विभिन्न कारणले जल्ने गरेका छन्। समयमै विशेषज्ञ उपचारको अभावका कारण धेरैले ज्यान गुमाउने गरेका छन् भने उपचार पाए पनि लामो...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा. मिश्र नियुक्त

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा. मिश्र नियुक्त

by Nam Raj Bhatta
July 10, 2026
0

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अजय कुमार मिश्र नियुक्त भएका छ्न। छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदमा छ जना चिकित्सक नियुक्त भएका छन् । प्रधानमन्त्री...

बरिष्ठ गायक यम बराललाई ‘रक्त क्यान्सर’- डेढ महिनादेखि शिक्षण अस्पतालमा, थप उप चारका लागि दिल्ली लगिँदै

बरिष्ठ गायक यम बराललाई ‘रक्त क्यान्सर’- डेढ महिनादेखि शिक्षण अस्पतालमा, थप उप चारका लागि दिल्ली लगिँदै

by Nam Raj Bhatta
July 10, 2026
0

नेपाली सुगम सङ्गीत तथा पार्श्व गायनका लोकप्रिय एवं बरिष्ठ गायक यम बराल विगत करिब डेढ महिनादेखि काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल (टीचिङ हस्पिटल) मा उप-चाररत छन्। उनको स्वास्थ्यमा गम्भीर...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    828 shares
    Share 331 Tweet 207
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    693 shares
    Share 277 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    637 shares
    Share 255 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    688 shares
    Share 306 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    636 shares
    Share 254 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती
  • नबिल बैंकको आर्थिक सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहकार्यमा जलेका बिरामीलाई निःशुल्क उपचार
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा. मिश्र नियुक्त
  • बरिष्ठ गायक यम बराललाई ‘रक्त क्यान्सर’- डेढ महिनादेखि शिक्षण अस्पतालमा, थप उप चारका लागि दिल्ली लगिँदै
  • कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय, प्रकोप अझै तीव्र

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.