काठमाडौं, ५ पुष २०८०
नागार्जुन नगरपालिका बासिन्दाले बिरामी हुँदा केन्द्रीय रक्तसञ्चार सेवा, कालिमाटीबाट रगत र रक्त तत्व लैजानु परे सेवा शुल्क तिर्नुनपर्ने भएको छ ।
यस्तो शुल्क बि.सं २०८१ मंसिरसम्मको लागि नगरपालिकाले ब्यहोर्ने गरी केन्द्रीय रक्तसन्चार सेवा र नगरपालिकाबीच सम्झौता भएको छ ।
नगरपालिका र वडाले रक्तदान शिविर आयोजना गर्न प्रेरित र सहजीकरण पनि गर्नेछन् ।
सम्झौतामा नगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी र रक्तसेवाको तर्फबाट निर्देशक पवनकुमार गुप्ताले हस्ताक्षर गर्नुभएको छ ।
भक्तपुरका सबै नगरपालिका र काठमाडौमा महानगरलगायत अरू पालिकाहरूसंग पनि जनताहरुलाई सुलभ रगतको लागि सम्झौता सम्पन्न भइसहेको र बाँकी सबै स्थानीय तहहरुमा सहकार्य गर्न प्रयत्न भइरहेको समन्वय निर्देशक दिब्यराज पौडेलले बताउनुभयो ।