काठमाडौं बैशाख २, २०७७
लकडाउनको समयमा रगतको अभाव भइरहेको बेला आज मंगलबार कमलपोखरीमा रहेको हिमाल हस्पिटलमा २५ जनाले रक्तदान गरेका छ्न। नोबेल कोरोना भाइरसका रोकथाम तथा नियन्त्रणको लागी सरकारले देशैभर लगाएको लकडाउनका कारण देशभर रगतको अभाव भइरहेको छ ।
टोखा उद्योग बाणिज्य संघ र ह्यान्ड नेपालले राजधानी काठमाडौंका विभिन्न सयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।सुचनामा यस अघि रक्तदान कार्यक्रम इसान बाल अस्पताल अगाडि बसुन्धरामा आयोजना गर्ने भनिएको थियो कारणबस हुन नसकेर हिमाल अस्पताल गरिएको ह्यान्ड नेपालका सदस्य सतिश गौतमले जानकारी दिनुभयो।