काठमाडौं, १२ मंसिर २०८१
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) को सेवा प्रदर्शनी मार्गबाट सुरु भएको छ।
वि.स. २०७२ सालको भूकम्पबाट क्षति पुगेपछि प्रदर्शनी मार्गबाट सरेको ब्लड बैंक रेडक्रसको केन्द्रीय कार्यालय ताहाचलमा रहेको थियो। ९ वर्ष पछि पुन: प्रदर्शनी मार्गमा नयाँ बनेको भवनमा ल्याइएको हो।
प्रदर्शनी मार्गमा थाइ रेडक्रसको सहयोगमा बनेको नयाँ भवनबाट ब्लड बैंकले सोमबारबाट सेवा दिन थालेको ब्लड बैंकका निर्देशक पवनकुमार गुप्ताले जानकारी दिनुभयो।
२०७२ सालको भूकम्प लगत्तै ब्लड बैंकलाई बालकुमारी सारिएतापनी भवनको अभावले तुरुन्तै ताहाचलमा सारिएको थियो।