बिराटनगर, १० जेठ २०८२
महावीर हेल्थ फाउण्डेशनको आयोजना र गुफिक बायोसाइन्सेस लिमिटेड भारतको सहर्कायमा विराटनगरको नोबेल मेडिकल कलेज तथा टिचिङ्ग अस्पतालमा बोटुलिनम टक्सिनको प्रयोग सम्बन्धि कार्यपत्र र विधि बारे एक कार्यक्रमको आयोजना गरियो ।
बोटुलिनम टक्सिनको प्रयोग सौन्दर्यता वृद्घि र विभिन्न प्रकारका नशा सम्बन्धि रोग जस्तो कि आँखा फर–फराउने (ब्लेफारोस्पाजम), हेमिफेसियल स्पाजम, डिस्टोनियामा हुने र यसको प्रयोग गर्ने विधिको बारेमा नेपालका वरिष्ठ नशा रोग विशेषज्ञ डा. अविनाश चन्द्रले बताए।
उक्त कार्यक्रममा अस्पतालका न्यूरो रोग विशेषज्ञ चिकित्सकहरुको उपस्थिती रहेको थियो । महावीर हेल्थ फाउण्डेशनका अध्यक्ष दिपक भट्टाचार्यले यस प्रकारको गोष्ठीहरु आगामी दिनहरुमा पनि आयोजना गर्ने बताउनु भयो ।